‘खोटाङ सेवा समाज’ कतारको ११ औ अधिबेशन हुने
“प्रवासको पसिना, स्वदेशको साकार सपना” भन्ने मुल नाराका साथ स्थापित सामाजिक संस्था खोटाङ सेवा सामाज कतारको आगामी १ अप्रिल २०२२ शुक्रबारका दिन नज्माको सालिमार पाटी प्यालेसको सभा हलमा ११ औ अधिबेशन हुने भएको छ ।
संस्थाको स्थापना आज भन्दा २४ बर्ष अगाडि १९९८ जनवरी ३१ का दिन भएकोथियो । यो संस्था कतारको सामाजिक सस्थाहरुको जेष्ठ पहिलो सस्था हो । स्थापना काल देखी सस्थाले कतारमा नेपाली नियोग नहुदा उक्त नियोगले गर्ने काम सहित गर्दै आएको थियो ।
विभिन्न काल खण्डमा सस्थाले कतारमा कार्यरत अप्ठ्यारोमा नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुलाइ विभिन्न तरह बाट सामाजिक काम र सहयोग गर्दै आएको छ । संस्थाले कतारमा मात्रै नभए र आफ्नो गृह जिल्लामा पनि स्वास्थ र शिक्षा क्षेत्रमा स्थापना काल देखि नै सहयोग गर्दै आएको छ । केही बर्ष पनिले गृह जिल्ला खोटाङमा एम्बुलेन्स सन्चालानमा ल्याएर त्यहाका गरिब निमुखा जनता बिरामी परेकाहरुलाइ समयमै उपचार होस भन्ने उदेश्यका साथ सेवा गरि रहेको छ ।
आगामी १ अप्रिल २०२२ शुक्रबारका दिन हुने सस्थाको ११ औ अधिबेशनमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि हुने हुदा कतारमा कार्यरत सम्पुर्ण खोटाङे दाजु भाइ / दिदी बहिनी तथा कतारमा स्थपित सम्पुर्ण संघ सस्था हरुलाइ कार्यक्रम स्थल सम्म आइ कार्यक्रमको शोभा बढाइ दिनु हुन पनि सस्थाका अध्यक्ष रुद्र शर्माले निमन्त्रणा गरेका छ्न ।