यूएईसँग पुन: भिड्दै नेपाल
नेपालले आईसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) सँग पुन: खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ः१५ मा दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।
नेपालको कप्तानी सन्दीप लामिछाने र युएईको अहमद राजाले गर्नेछन् । नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई २ विकेटले हराउँदा दोस्रो खेलमा युएईसँग ४८ रनले पराजित भएको थियो ।
युएईले भने पहिलो खेलमा पपुवा न्युगिनीलाई ७ विकेटले हराउँदा दोस्रो खेलमा ६ विकेटले स्तब्ध भएको थियो ।
नेपाल १० खेलमा ५ मा जित र ५ मा हार सहित १० अंकका साथ छैटौं स्थानमा छ । युएई १७ खेलमा ९ मा जित र ६ मा हारका साथ २० अंक जोड्दै दोस्रो स्थानमा छ ।
नेपाल र युएईबीच पाँच ओडिआई खेल भएको छ । नेपाल २ खेलमा विजयी हँदा ३ खेलमा पराजित भएको छ ।
नेपालले अन्तिम खेल मंगलबार पपुवा न्युगिनीसँग खेल्नेछ । त्यसपछि तीन दिनपछि नेपाल र पपुवा न्युगिनीबीच दुई ओडिआई सिरिज हुनेछ । त्यो लगत्तै नेपाल, मलेसिया र पपुवा न्युगिनीबीच त्रिकोणात्मक टि२० आई सिरिज हुनेछ ।
नेपालको टोली :
सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की, पवन सरार्फ र करण केसी ।
युएईको टोली :
मोहम्मद वासिम, चिराग सुरी, वृत्य अरविन्द(विकेटकिपर), सिपि रिजवान, आसिफ खान, रोहन मुस्तफा, कासिफ दाउद, अहमद राजा (कप्तान), जहुर खान, जुनैद सिद्दिक, अकिफ राजा, कार्तिक मयाप्पन, अलिशान शराफु, राहुल भाटिया, अर्यान, लर्का र बासिल हामिद ।
लाइभ : फ्यान कोर्ड (युट्युव) र आइसिसी टिभीबाट हेर्न सकिनेछ ।



