Logo

को हुन किरात र किरात लिम्बु ? के हो युमा धर्म ?


-मन्जुल याक्थुम्बा

किराती याक्थुङ (मुन्धुम)अनुसार किराती याक्थुम्बा लिम्बुहरुको उत्पत्ती यहि प्राचीन किरात देशको ९फक्तालुङ हिमाल०को फेदमुनी पारुङ्तेम्बेमा उत्पती भई कालान्तरमा जनसंख्या वृद्धि हुदै जादा समुह समुहमा कोहि पुर्व कोहि पश्चिम कोहि उत्तर कोहि दक्षिण लागेको हुन भने कोहि पछि फेरी आफनै उत्पती स्थलमा धेरै पछि फर्किएर आएका हुन। किरातीहरु बाहिर कहिबाट पनि आएका होईनन हाम्रो उत्पत्ती नै यहि फक्तालुङ हिमालको फेदबाट भएको हो बरु जनसंख्या वृद्धिको कारणले बसाई सरी गएका किरातीहरु कालान्तरमा फेरी फर्किएका हुन भन्ने मुन्धुमले बताऊदछ र केहि ईतिहासविदहरुले किरातीहरु उत्तरपुर्व र दक्षिणबाट नेपाल आएका हुन भन्ने कुरा सत्य नभएको स्पष्ट पार्नु भएको छ।नेपालमा किरात भनेर विशेषत किरात लिम्बु सुनुवार याक्खा र राईहरुलाई चिनाऊछ बुझाऊने गर्दछ र नेपालमा किरात लिम्बु याक्खा सुनुवार र राईहरुले आफुलाई किरात भनेर गर्व गर्ने गरेका छन। नेपालमा किरात लिम्बु याक्खा सुनुवार र राईले संस्थागत रुपमा यायोक्खारचुम्लुङरसुसेसरयाक्खा छुम्माले धर्मको सवालमा किरात लेख्ने सहमती भईसकेपछि वि.सं २०५८ सालको राष्ट्रीय जनगणनामा किरात धर्म लेखाऊनेको संख्या ८,१८,१०६ पुगेको थियो।नेपालमा किरातीहरुले लिपिको सवालमा सबैले किरात सिरिजङ्गा लिपि चलाऊने गरेको छ तर नेपालमा संयुक्त रुपमा चलाऊदै आएको सिरिजंगा लिपि लाई पनि भारतको सिक्किमका लिम्बुहरुले छुट्टै लिम्बुकै मात्र लिपि हो भनेर दाबा गरेर जानु जायज होईन भन्ने विचार रहेको छ, तथापी भारतको सिक्किमको लिम्बुहरुले जे गर्छन जे निर्णयहरु गर्छन त्यो कुरा नेपालको किरात याक्थुम्बा लिम्बुहरुले स्वीकार गर्नै पर्छ भन्ने मान्यता नरहेको जिकिर गरेका छन।

संसारको धेरै ईतिहासविदहरुले मानव जातीको नृतत्वीय परीक्षणलाई आधार मानेर १ लाख ५० हजार देखी १ लाख ६० हजार वर्षअघि अफ्रिका महादेशमा उत्पत्ती भएका मानव जाती नै किरातका पुर्वज हुन भन्न खोजिएको छ।त्यस्तै मंगोलाईड मानव जातीको उत्पत्ती ५ लाख वर्ष अघिको पेकिङ मानव अस्तित्व र ५ लाख देखी १० लाख वर्षअघि जाभा मानव उत्पत्ती भएको मानिन्छ। तर हाल नयाँ अभिलेख अनुसार वि।सं २०३७ सालमा नेपालको पुरातात्विक विभाग र अमेरीकी पुरातात्वविद डा. जे.एच. हचिकन्सनको संयुक्त अन्वेषण टोली अनुसार नेपालको रुपन्देहि जिल्ला बुटवल नगरी तिनाऊ नदिको किनारमा भेटिएका रामापिथेकस आदिमानव (Apes)को बङ्गाराको कार्बन परीक्षणको नतिजाले १ करोड १० लाख वर्ष पुरानो भएको र त्यो आदिमानव मंगोलाईड मानवको बङ्गारा भएको प्रमाणित भएको छ। यसबाट पहिलो मानव जातीको उत्पत्ती एसिया महादेश हो र त्यो पनि नेपाल नै हो दोस्रो रामापिथेकस आदिमानव (Apes) किरातीहरुको अपरीमार्जित पुर्खा बाहेक अरु हुन नसक्ने बलियो प्रमाण छ। तेस्रो कुरा किरात जनगणहरु अफ्रिका महादेशमा उत्पती भएर या कतै बाहिरबाट नेपाल आएका होईनन हाम्रो मौलिक किरात याक्थुङ मुन्धुम र ऐतिहासिक तथ्य अनुसार प्राचीन किरात देश फक्तालुङ हिमालको काख पारुङतेम्बेमा उत्पत्ती भएर सबैतिर फैलिएका हुन।

किरात शब्द मात्र होईन लिम्बु र लिम्बुवान शब्द पनि मुन्धुममा छैन:

हामी याक्थुम्बाहरु बिच लिम्बु भाषामा कुरा गर्दा लिम्बु शब्द प्रयोग नगरी याक्थुम्बा नै भनेर सम्बोधन गर्दछौ। त्यस्तै देशको नाम लिनु पर्दा पनि लिम्बुवान नभनी याक्थुङलाजे भन्दछौ। यो हाम्रो परम्परा देखी चली आएको प्रचलन हो।कोशी क्षेत्र पल्लो किरात लिम्बुवानमा सत्र पटक पृथ्वी नारायण शाहको फौजले आक्रमण गर्न खोज्दा पनि किरात याक्थुङ लाजे क्षेत्रलाई हराऊन सकेन। अठारौ पटक युद्ध चैनपुरमा हुदा शषस्त्र बलले सफलता हासिल गर्न नसकेपछि याक्थुङ लाजे क्षेत्रसंग वि. सं १८३१र४र२२र२ को दिन नुनपानीको कसम खाई सन्धि द्वारा गरीएको लालमोहरमा पृथ्वी नारायण शाहले श्री शुन राय, श्रि कुम राय, श्रि जङ्ग राय अरु सबै गैर्ह लिम्बु राय के पुर्ण मोहरको लालमोहरमा तिमि तुतु तुम्याहाङ याक्हाङ सन्तान हो ,र त्यसै लाल मोहरको २२ र २३ हरफमा लिम्बु कुल भाई लाई दिया भन्ने लेखिएकोले सो लालमोहरको दुईठाँऊ प्रथमपटक लिम्बु शब्द प्रयोग भएको बाहेक अघि कहि कतै लिम्बु शब्द प्रयोग भएको ईतिहासरप्रमाण पाईन्दैन ।

तिमि लिम्बु भाईलाई तिमिहरुले खाईपाई आएको हकअधिकार थामिदियौ भनी प्रथम पटक लिम्बु शब्द प्रयोग भएको बाहेक सो मिति भन्दा अगाडि कुनै पनि लिखित दस्तावेजहरुमा लिम्बु शब्द प्रयोग भएको प्रमाण छैन। यस अघि लिम्बुहरुलाई याक्थुम्बा र उनीहरु बसोवास गर्ने क्षेत्रलाई याक्थुङलाजे भनिन्थियो। हामीले पृथ्वी नारायण शाहको शाषन र शक्तीको बल मिच्चाईमा परेर हामीले आफुलाई लिम्बु र लिम्बुवान भनेका हौ त्यो भन्दा अगाडिको ईतिहासमा हामी सबै किरातीहरु भनेर चिन्निथियौ। किरात शब्दको ईतिहास किरात पहिचान हजारौ वर्ष अनन्तकाल अघिदेखीको कुरा हो।किरात सभ्यता किरात पहिचान विश्व-व्यापि रुपमा विभिन्न ऐतिहासिक दस्तावेज धार्मिक ग्रन्थहरुमा लिखित विश्वमा स्थापित एक पहिचान हो भने लिम्बु शब्द चाहि २४४ वर्षअघिको कुरा हो।किरात शब्द बारे जो सुकैले जे भनेता पनि प्राय स-संसारका सबैजसो ऐतिहासिक दस्तावेज ग्रन्थकारहरुले किरात जातीको उपस्थिती,अस्तित्व,सभ्यता कुशलता र पराक्रम उन्नतीबारे मुक्तकण्ठले प्रंशसा गरेकै पाईन्छ।

आफनो ईशारामा नचलेकाले एकाध आर्यगणले किरातलाई नकारात्मक तरीकाले हिलो छ्याप्यो भन्दैमा अनादरणिय शब्द भन्दै किरात शब्दलाई हेयको दृश्टिले हेर्नु हुदैन।अथवा किरात शब्द कसैले कसैलाई गाली गरेको शब्द होईन।विश्व परीचीत पहिचान किरात विश्वले सम्मान र प्रंशसा गरेको किरात शब्दलाई अपव्याख्या गरी प्रमाण वेगर जेपायो त्यहि बोल्ने लाई कसैले सन्ज्जन र विद्वान भन्दैनन पट मुर्खको उपाधि मात्र पाईन्छ। किरात याक्थुङ लिम्बुहरुको ईतिहास केलाऊदै जादा याक्थुङहरुको सभ्यता किरात सभ्यतासम्म पुग्ने गर्दछ,यदि हामी याक्थुङ लिम्बुहरु किरात होईनौ भने रु हाम्रो पुर्वज पुर्खाहरु को हुन रु त रु हाम्रो सभ्यताको विकास कहा भयो रु हाम्रो उत्पत्ती कहिले भयो रु हामी किरात होईनौ भने हाम्रो पुर्वज को हुन रु त रु कहिले र कहाबाट आयौ ? स-प्रमाण पेश गर्न अनुरोध गर्दछु।वि।सं १८३१ देखी जनगणना गर्दा हालसम्म २४४ वर्ष पुरानो मात्र लिम्बु जाति ठहर्छ।त्यसकारण पृथ्वी नारायण शाहले भिराईदिएको जडौरी(जडाऊरी)को रुपमा अर्काले काँघमा भिराईदिएको पुर्वज बिनाको लिम्बु शब्दकै आधारमा लिम्बु मात्र लेख्ने हो कि रुहजारौ वर्ष अघि देखी पुर्वजसंग गाँसिएको किरात शब्द अर्थात किरात लिम्बु लेख्ने हो ?

(लिम्बु)शब्दको नामकरण बारे ईमानसिङ चेमजोङको लेखाई बिलकुल तर्कसंगत एवम प्रमाणयुक्त छैन:

ई.शा को ७ औ शताब्दिमा किरात याक्थुङ लाजेमा तिब्बतको सिचुवान भ्याली हुदै तिब्बत तिर बाट आएका आठ सरदार र किरात याक्थुङ लाजेको दश सरदारहरु बिचको युद्धमा धनु विध्याको शक्तीद्वारा (लि) को अर्थ धनु (आबु)को अर्थ हान्ने अर्थात धनुवाणले हानेर दश सरदारहरुले जितेको देशलाई लिम्बुवान नामकरण गर्नुपर्छ भन्ने प्रस्ताव युद्ध पछि पारीत गरेको लिम्बु शब्दको नामकरण भएको भनेर तत्कालिन विजयपुरको संक्षिप्त ईतिहासमा लेखीएको कुरालाई तार्किक एवम तथ्यपरक अध्ययन गहन अध्ययन नगरी नै केहि ईतिहासविदहरुले अन्धाधुन्ध अङ्गिकार गर्दै ऐतिहासिक तथ्यलाई बिगार्न लागीपरेको छर्लङ्गै देखिएको छ।मौलिक किराती याक्थुङ मुन्धुम अनुसार किरात देश फक्तालुङ हिमालको फेद पारुङतेम्बेमा किराती याक्थुङहरुको उत्पत्ती भई भई जनसंख्या वृद्धि भई उत्तर चीन तिब्बत पुगेका किरात सन्ततीहरु मध्ये नवौ शताब्दिमा उवाहाङ सरदारको नेतृत्वमा एक समुह याक्थुङलाजेमा प्रवेश गरी आफनो सजातीय किरातजनहरुसंग सम्मिलित भई बसेको छन।

के हो ? युमा धर्म ?
युमा भनेको किरात याक्थुम्बा हरुको सर्वोपरी ईष्टदेवता नै युमा साम्माङ हुन भन्ने निर्विवाद विषय हो। साच्चै कुरा गर्ने हो भने युमा साम्माङ नमान्ने त संसारमा कुनैपनि किरात धर्मालम्बी याक्थुम्बा नै हुदैन जस्तो लाग्छ। उत्तर तर्फ लागेका किरातका सन्ततीहरु मध्ये ईशाको ९ नवौ शताब्दिमा उवाहाङ नामक सरदार आफनो पुर्वजहरुको उत्पत्तीस्थल किरात देश याक्थुङलाजेमा प्रवेश गर्दा आफनो ईष्टदेवी युमा साम्माङ लाई पनि साथै ल्याएको कुरा ईमानसिंह चेम्जोङद्वारा लिखित किरात मुन्धुम र किरात ईतिहास र संस्कृति पुस्तकहरुमा प्रष्ट वर्णन गरीएको छ। याक्थुङलाजेमा भित्राए पछि पहिले चेम्फुजोङ्मा त्यसपछि यासोकजोङ्मा युमासाम्माङ लाई प्रतिस्थापन गरीएको हो।यसभन्दा अघि याक्थुङलाजेको किरात याक्थुङ जातीमा युमा साम्माङ शब्द अपरीचित मात्र होईन कि युमा साम्माङ अवधारणा नै थिएन।

किरात याक्थुङ समाजमा धार्मिक अवधारणाको विकास भएपछि मात्र तागेरा निङवाफुमाङको अवधारणाको विकास भएको हो।सर्वप्रथम पहिलोपटक कुसङ्सासाम्माङ अर्थात नयाँ देवताको रुपमा युमा साम्माङ लाई पुज्न थाले पछि आजसम्म पनि युमा साम्माङ ए हेनारो! सेवारो ! भनेर फलाक्छन। यो कथनबाट याक्थुङलाजेमा धेरै पछि मात्र भित्रिएको नयाँ देवता युमा साम्माङ हुन भन्ने प्रष्ट भयो। किरात याक्थुङ वंशले आफुहरुले मानेर आएको अन्य कुनै पनि देवी देवताहरुलाई कुसङसाम्माङ नयाँ देवता भनी पुकार्दैनन।

(लेखक मञ्जुल याक्थुम्बाको पुस्तकबाट केहि वहाँको लेखको अंश)

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्