Logo

पुटिनले चेर्नोविल भट्टीमा आतंककारी हमलाको आदेश दिए


युक्रेनले शुक्रवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेर्नोविल आणविक भट्टीमा आतंककारी आक्रमण गर्नका लागि आदेश दिएको दावी गरेको छ । सन् १९८६ मा दुर्घटनामा परेको चेर्नोविल भट्टीको साइटमा मुख्य विद्युतीय आपुर्ति बन्द भएको छ । त्यहाँ रुसी आक्रमणमा विस्फोट भएर क्षति पुगेपछि विश्व नै स्तब्ध भएको थियो ।

युक्रेनी सरकारी निकायले रुसी फौजले त्यहाँ आक्रमण गरी मुलुकमा ब्ल्याक आउट गर्न खोजेको आरोप लगाउनुका साथै क्षतिग्रस्त भागबाट रेडियोधर्मी विकिरण चुहावट हुनसक्ने चेतावनी दिएको छ ।

युक्रेनी राष्ट्रिय आपतकालिन सेवा निकायले खर्चिएको आणविक इन्धनलाई सुरक्षित ढंगले पानीले घेरेर राख्ने भट्टीको चिस्यान प्रणालीको बिद्युत आपुर्ति सुनिश्चित नगरिएको खण्डमा त्यसले सिर्जना गर्ने ‘रेडियोधर्मी बादल’ युक्रेन, बेलारुस , रुस र युरोपका आकासमा फैलिने चेतावनी दिएको छ ।

तर संयुक्त राष्ट्र संघको विश्वव्यापी आणविक पहरेदार निकाय आइएइएले भने खर्चिएको इन्धन पुरानो भएको र चिस्यान टैंकमा यसको वरपर प्रशस्त पानी भएकाले रेडियोधर्मी विकिरण चुहिने सम्भावना कम रहेको बताएको छ ।

रुसले बिहीबार नै बेलारुसबाट युक्रेन पुगेको इन्जिनियरहरुको एक टोलिले त्यहाँ बिद्युत आपुर्ति सुचारु गरिसकेको दाबी गरेको थियो । तर आईएइए र युक्रेनी सरकारी अधिकारीहरुले अझै मर्मतको काम भइनै रहेको बताएका छन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्