‘किरात प्रदेश’ नाम राख्न माग गर्दै प्रदर्शन
शान्तिकला राई
सुनसरी -किरात राई यायोक्खा सुनसरी जिल्लाको अगुवाइमा धरान र विराटनगरमा प्रदर्शन गरिएको हो । प्रदेश १ को नाम किराँत राख्नु पर्ने माग गर्दै विराटनगरमा प्रदर्शन गरिएको हो ।
मोटरसाइकल र्यालीसहित धरानबाट बिराटनगरसम्म किरात प्रदेशको लागी दबाब दिएका थिए । किराँत राई यायोक्खाको आयोजनामा सुनसरीको धरानबाट मोटरसाइकल र्यालीसहित आएकाहरुले विराटनगरको विभिन्न भागको परिक्रममा गरी मुख्यमन्त्री कार्यालय र प्रदेशसभा अगाडी प्रदर्शन गरेका थिए।
धरानबाट मोटरसाइकल र्याली आएको समूहसँगै मोरङका यायोक्खा आवद्ध सदस्यहरु सहभागी भएका थिए। उनीहरुले ‘पहिचानसहितको संघीयता कायम गर…!’, ‘पहिचान विरोधी होसियार…!’, ‘पहिचानवादी एक हौं…!’ लगायतका नारा लगाएका थिए।
प्रदेशका स्वास्थ्य मन्त्री तथा प्रदेश नामाकरण समितिका संयोजक जयराम यादवलाई किराँत प्रदेश नामाकरण गर्न माग गर्दे निर्णायार्थ स्मरण पत्र बुझाए कुरा किराँत राई यायोक्खा सुनसरी जिल्लाका अध्यक्ष राजेन्द्र राईले बताए ।
प्रदेश नामाकरण समितिका संयोजक यादव भन्नुहुन्छ ‘प्रदेशको नामाकरण छिट्टै सबैको सुझाव अनुसार गरिने, प्रदेशको नाम जातीय पहिचानको आधारमा कि भौगोलिक आधारमा राख्ने भन्ने विषयमा तीव्र मतभेद रहेको छ । हामी प्रदेशको नामाकरण निर्णय छिट्टै गर्नेछौ ।’