सामाजिक सञ्जाल प्रयोग गर्दा सूचना दिने खालको हुनुपर्छ – अध्यक्ष केपी ओली
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल प्रयोग गर्दा अरुको समय बर्बाद बनाउन खालको हुन नहुने बताएका छन् ।
पोखरामा आज प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जाल प्रयोग गर्दा आफू र अरुको समय बर्बाद बनाउन खालको हुन नहुने बताएका हुन्। बरु सूचना दिने खालको हुनुपर्ने उनको भनाइ छ ।
‘हामी ट्विटर, फेसबुक, युट्युव, टिकटकजस्ता सामाजिक सञ्जाल प्रयोग गर्दा आफू र अरुको समय बर्बाद बनाउनु हुँदैन,’ उनले भने, ‘बरु सूचना, ज्ञान दिने खालको हुनुपर्छ ।’