Logo

मन्त्रिपरिषद् बैठकका १९ निर्णय [सूचीसहित]


सरकारले हिजो (बिहीबार) मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज (शुक्रबार) सार्वजनिक गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकका विभिन्न निर्णय आज सार्वजनिक गरेका हुन् ।

सरकारले बञ्चरेडाँडा ल्याण्डफिल साइटमा देखिएको समस्या समाधानका लागि गरिएको प्रतिबद्धता कार्यान्वयनको चरणमा रहेको जनाएको छ ।

फोहोर व्यवस्थापन र साइट सञ्चालन गर्दा मानव जीवन, पशुपन्छी, जीवजन्तु, वनस्पतिमा पर्ने प्रभाव न्यूनीकरण गर्न आवश्यक सबै उपाय अवलम्बन गरी आवश्यक सडक निर्माण र स्तरोन्नतिका लागि सम्बन्धित निकायलाई निर्देशन दिइएको सरकारले जनाएको छ ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आवश्यक सहजीकरणको लागि उच्चस्तरीय समिति र तत्काल आइपर्ने समस्या समाधानका लागि र्‍यापीड एक्सन टास्क फोर्स गठन गर्ने निर्णय गरिएको बताए ।

यस्तै, सरकारले नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशकमा उमेशप्रसाद थानीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्