जेलेन्स्कीले रुसलाई सोधे- तपाईँको रासायनिकअस्त्र कहाँ खस्ने हो ?
अमेरिकी सहयोगमा युक्रेनले रासायनिक अथवा जैविकअस्त्र विकास गरिरहेको भन्ने रुसी दाबीप्रति युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रोश पोखेका छन्।
“हामीले रासायनिक हमला गर्ने तयारी गरिरहेका छौ रे,” एउटा भिडिओ सम्बोधनमा उनले भने।
“यो कुराले मलाई साँच्चिकै चिन्तित बनाएको छ। किनकि हामी यो कुरामा निरन्तर विश्वस्त भएका छौँ कि यदि रुसका योजनाबारे तपाईँले थाहा पाउनु छ भने उसले अरूमाथि लगाउने आरोपलाई हेर्नुपर्छ।” “रासायनिक हमला गर्ने तयारी गरिरहेको भन्ने आरोप के हो ?” उनले थपे। -बिबिसी