पुर्खाजित राईको निर्देशनमा बिभिन्न बिद्यालयमा चेतनामूलक सडक नाटक हुँदै
पुर्खाजित राईको निर्देशनमा हलेसी तुवाचुङका बिभिन्न बिद्यालयमा चेतनामूलक सडक नाटक हुँदैछ । हलेसी तुवाचुङ नगरपालिकाको आर्थिक सहयोग र ग्लोबल कनेक्सन मिडिया प्रा.लिले निर्माण गरेको जनचेतनामूलक सडक नाटक हलेसी तुवाचुङ नगरपालिका भित्रका बिभिन्न वडाहरुमा देखाइने भएको छ।
नाटकमा लागुऔषधको प्रयोगले युवा पुस्तामा पर्ने असर, कुलतला लाग्दा पर्ने मनोबैज्ञानिक असर र समाजमा भएका सामाजिक घट्नाहरुलाइ उतार्ने उक्त नाटकका निर्देशक पुर्खाजित राईले बताए ।
२६ गते बिहिबार सरस्वती माध्यमिक बिद्यालय अर्खौलेमा बिहान १० बजे र सोही दिन दिउँसो २ बजे दुर्छिम माध्यमिक विद्यालय दुर्छिममा नाटक प्रस्तुत हुनेछ । यस्तै २७ गते शुक्रबार बिहान १० बजे च्यास्मिटार मावि च्यास्मिटारमा र दिउँसो २ बजे महेन्द्रद्धोय मावि हलेसीमा प्रस्तुत गरिने आयोजकले जनाएको छ ।
सडक नाटकमा पुर्खाजित राईको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटकमा ज्योति राई, जेबि डि.सि, बृहसमान सुनुवार, योगिन राई, उदिम चाम्लिङ, रोजिना खनाल र तुलसा राईको अभिनय रहेको छ।
नाटक मन्चन हुँदाको फोटोहरु : फोटो क्रेडिट पुर्खाजित राई