‘गाउँ आएको वाटो’ चलचित्रको धरानमा तिन दिन छायांकन सम्पन्न
शान्तिकला राई
धरान – चर्चित निर्देशन नविन सुव्वाको चलचित्र ‘गाउँ आएको वाटो’ को धरानमा तिन दिन छायांकन सम्पन्न भएको छ । चलचित्र भोजपुरको बालंखा, सुंवासभाको खाँदबारी, सुनसरीको धरान र काठमाडौंमा खिचिने कुरा राजधानीमा पत्रकार सम्मलेन हँुदा निर्देशक सुब्बाले बताएका थिए ।
चलचित्रमा धरानमा देखाइने दृश्यको गत आइतवारदेखि वुधबारसम्म छायंकन गरिएको थियो । भोजपुरको बालङखामा छायंकन हुँदै गरेको सो चलचित्र धरानको छायंकन सम्पन्न पश्चात चलचित्र निर्माण टोली गत विहिवार विहानै भोजपुर फर्किएका छन । चलचित्र टाेलीले वुधवारसम्म धरानकाे भानुचौक, मुनाल चौक, राँगा चौक, सव्जि मन्डी लगायत विभिन्न स्थानमा छायंकन गरेका थिए ।
मोद राईको निर्माणमा तयार हुँदै गरेको चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रमिसा राई, केशव राई, राज थापा, प्रेम सुव्वा, दिलीप चाम्लिङ, वालकलाकार प्रशन राई र खानुवुङ राईको भुमिका रहेको छ । छायंकनको अन्तिम चरणमा पुगिसकेको गाउ आएको वाटोमा गाउमा वाटो आए पछिको परिवर्तन, उपलव्धी, खुशी देख्न सकिने निर्देशक नविन सुव्वाले वताए । उनले थपे, ‘चलचित्रमा गाउमा विकास भए पछि वाउ र छोराको सम्वन्ध, मानविय संवेदनशिलतामा देखिएको परिवर्तन देखाइएको छ ।’
चलचित्र प्रदर्शनीको मितिको प्रशंगमा भने चलचित्रलाई अन्तराष्ट्रियकरण गर्ने उद्धेश्य भएकोले अन्तराष्ट्रिय फिल्म फेस्टिवलमा वल्र्ड प्रिमियरमा प्रर्दशन गर्ने योजना रहेको सुव्वाले जनाए । सोहि आनुसार प्रदर्शनी मिति पक्का हुने निर्देशक सुव्वा वताउछन । निर्देशक नविन सुब्बा १० वर्षपछि चलचित्र निर्देशनमा फर्कन लागेका हुन् ।
चलचित्रको स्क्रिप्ट महेश राई र नविन सुब्बाको रहेको छ भने मुख्य निर्मातामा अमोद राई छन् । त्यस्तै, कार्यकारी निर्मातामा नेपालबाट सञ्जु राई, हङकङबाट देवराज राई, यूकेबाट नरहाङ राई र अमेरिकाबाट भीम राई रहेका छन् । हङकङ, मकाउ, नेपाल, यूके, अमेरिका, बेल्जियम, साउथ कोरिया, नेदरल्यान्ड, पोर्चुगल र जर्मनी निवासी व्यक्तिहरू चलचित्रको सह–निर्मातामा रहेकाछन् ।