Logo

बेलायतद्वारा चेल्सीका मालिक अब्रामोविचमाथी लगायो प्रतिबन्ध


बेलायतले इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीका मालिक रोमन अब्राहिमोभिचमाथि प्रतिबन्ध लगाएको छ । रुसले युक्रेनमाथि गरेको हमलाका कारण बेलायतले रुसी नागरिक अब्राहिमोभिचमाथि प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ । बेलायतले प्रतिबन्ध गरेको कुलीन वर्गका नागरिकमा अब्राहिमोभिच सातौँ व्यक्ति हुन् । उनको सम्पत्ति रोक्का गरिएको छ भने भ्रमणमा पनि प्रतिबन्ध लगाइएको छ ।

त्यस्तै, क्लबको स्वामित्व लिनका लागि दिइएको लाइसेन्स प्रतिबन्ध गरिदिएको छ । बेलायतले अब्राहिमोभिचको बेलायतले प्रतिबन्ध गरेको सूचीमा अर्बपति इगोर सचिन र ओलेग देरिपास्का पनि छन् । दुवैलाई भ्लाद्मिर पुटिनको सहयोगी मानिएको छ ।

“आक्रमणमा सहयोग गर्नेहरूलाई कुनै पनि सुरक्षित बासस्थान हुनुहुदैन,” बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले भने । तथापि बेलयात सरकारले अब्रहिमोभिचमाथि प्रतिबन्ध लगाए पनि चेल्सीले आफ्नो नियमित खेल भने खेल्न पाउने जनाएको छ । अब्राहिमोभिचले यसअघि नै प्रिमियर लिगको क्लब चेल्सी बेच्ने घोषणा गरिसकेका छन् ।

बेलायतका खेलकुदमन्त्री नाडिन डोरिसले सरकारले चेल्सीलाई खेल्नका लागि विशेष लाइसेन्स प्रदान गर्ने बताएका छन् । च्याम्पियन्स लिग र क्लब विश्वकप विजेता चेल्सीको खेल तालिकामा कुनै असर नपरोस् भनी विशेष लाइसेन्स प्रदान गर्न लागिएको हो ।

बेलायतको अर्को सञ्चारमाध्यम डेलीमेलका अनुसार चेल्सीलाई खेल्नका लागि विशेष लाइसेन्स प्रदान गरिए पनि क्लबलाई टिकट बिक्री गर्न र खेलाडी ट्रान्सफर गर्नमा रोक लगाइएको छ । तथापि पहिले नै टिकट लिइसकेकाहरूले खेल हेर्न पाउने जनाएको छ । सिजनल टिकट लिएका चेल्सीको २८ हजार समर्थकले भने खेल हेर्न पाउनेछन् ।  अन्य क्लबका समर्थकले आाफ्नै क्लबबाट टिकट किनेर स्टामफोर्ड ब्रिजमा खेल हेर्न पाउनेछन् ।

क्लबको आफ्नो पसल पनि बन्द हुने भएको छ । बेलायतकी खेलकुदमन्त्री नाडिन डोरिसले यति गर्दा पनि क्लबमा ठूलो क्षति नपुग्ने बताएकी छन् । एजेन्सी

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्