सरकारका लागि गठबन्धन आवश्यक छ – प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले अन्य दलहरुको सहयोगमा आफु प्रधानमन्त्री भएको बताएका छन् । नेपाली कांग्रेस पर्साका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्। देउवाले आफू प्रधानमन्त्री भएपछि देशको अवस्थामा बदलाव आएको बताए ।
देउवाले भने, ‘म प्रधानमन्त्री हुँदाको अवस्था र अहिलेको अवस्थामा धेरै फरक छ। वास्तवमा मैले त प्रधानमन्त्री हुन नै चाहेकै थिइनँ। मलाई गठबन्धनका सबै साथीहरूले सहयोग गरेर प्रधानमन्त्री भएको हुँ, ।
देउवाले पछिल्लो राजनितिक घटना क्रमलाई जोड्दै अहिलेकै अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने बताए। उनले सत्ता गठबन्धन दलहरूबीच गठबन्धन गरेरै चुनावमा प्रतिस्पर्धा गर्नेबारे छलफल भइरहेको बताउँदै उनले भने, ‘यही अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याएर सरकार बनाउन सक्दैन । सरकारका लागि गठबन्धन आवश्यक हुन्छ, ‘अहिले गठबन्धनका सरकार हुँदा मिलेर चुनाव लडियो भने स्थानीय तह, प्रदेश र केन्द्रमा पनि हाम्रो गठबन्धनको सरकार रहिरहन सक्छ ।’ प्रधानमन्त्री देउवाले गठबन्धन सरकारले जनताका अधिकारहरूलाई ग्यारेण्टी गर्ने बाटोमा मुलुकलाई अघि बढाएको समेत बताएका छन् ।