Logo

संखुवासभा दुर्घटना – गृहमन्त्रीद्वारा घाइतेका उद्धारका लागि हेलिकोप्टर पठाउन निर्देशन


गृहमन्त्री बालकृष्ण खाँणले संखुवासभाको मादी नगरपालिका–६ पुलुङस्थित सात घुम्तीमा भएको यात्रुबाहक बस दुर्घटनामा घाइते भएकाहरूलाई उद्धारका लागि हेलिकोप्टर पठाउन निर्देशन दिएका छन् ।

उनले गृहसचिव टेकनारायण पाण्डे र संखुवासभाका प्रमुख जिल्ला (सिडिओ) अधिकारी नुरहरि खतिवडालाई दुर्घटनामा घाइते भएकाहरूको हेलिकोप्टर प्रयोग गरेर यथाशीघ्र उद्धार गर्न निर्देशन दिएका हुन् ।

‘मन्त्रीन्यूबाट घाइतेहरूको हेलिकोप्टरबाट उद्धार गर्न निर्देशन भएको छ। हामीले नेपाली सेनासँग सम्पर्क गरेर हेलिकोप्टर उद्धारका लागि संखुवासभाको चैनपुरमा पठाउने तयारी गरिरहेका छौँ,’ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

संखुवासभाका प्रमुख जिल्ला अधिकारी खतिवडाका अनुसार मादीबाट धरान जान लागेको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ भने पाँच जना गम्भीर घाइते छन् ।

घाइतेलाई घटनास्थलबाट अहिले चैनपुर पु¥याइँदैछ। चैनपुरबाट हेलिकोप्टरमा धरान पु¥याउने तयारी भइरहेको प्रजिअ खतिवडाले जानकारी दिए । घटनास्थल जिल्ला सदरमुकामबाट ६० किलोमिटर टाढा छ। गाडी सड्कबाट तीन सय मिटर तल खसेको प्रजिअ खतिवडाले जानकारी दिए । यात्रुहरू कति थिए भन्ने एकीन नभएकाले खोजीकार्य जारी रहेको प्रजिअ खतिवडाले बताए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्