Logo

माओवादी भन्ने पार्टी नै छैन – केपी शर्मा ओली


 प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा मतपत्र चुनाव चिन्हको रङ्ग हरियो बनाउने विषयलाई लिएर कटाक्ष गरेका छन्। आज मोरङको रंगेलिमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले कांग्रेसको बूढो रूख बचाउन निर्वाचन आयोगले हरियो मतपत्र बनाउन खोजेको बताएका छन् । कांग्रेसलाई सुकेको रुखको संज्ञा दिँदै ओलीले यस्तो बताएका हुन्। निर्वाचन आयोगले बैशाख ३० गते हुने निर्वाचनमा मतपत्र चुनाव चिन्हको रङ्ग बनाउने निर्णय गरेको थियो। ओलीले मङ्गलबारको एक कार्यक्रममा पनि आयोगको उक्त निर्णयको चर्काे आलोचना गरेका थिए ।

साथै उनले सत्तारुढ कांग्रेसतिर आयोग ढल्केको आरोप लगाउँदै कांग्रेसलाई फाइदा पुग्नेगरी मतपत्रको रङ्ग हरियो बनाउन खोजेको टिप्पणी समेत गरेका छन्। ओलीले नेकपा (एकीकृत) समाजवादीका अध्यक्ष माधवकुमार नेपालको पनि आलोचना गरेका छन् । उनले माधव नेपालले एमाले छाडेपछि हाइसन्चो भएको बताएका छन्। कार्यक्रममा ओली पाच दलिय गठबन्धन विरुद्ध नै खनिएका थिए। उनले माओवादी पार्टी नभएर अन्योलको पोको मात्र भएको पनि दाबी गरेका छन्। ओलीले माओवादी पार्टी नै नभएकाले नअल्मलि एमालेमा आउन आग्रह गरेका छन् ।

साथै कार्यक्रममा रंगेली नगरपालिकाका मेयर एवं उद्योगी दीलिपकुमार बगडिया (अग्रवाल) र उपमेयर केशवकुमारी खराल, वडाध्यक्षहरू रामचन्द्र मण्डल, महानन्द मण्डल र कृष्ण खनाल नेकपा एमालेमा प्रवेश गरेका छन् । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा मेयर, उपमेयर र वडाध्यक्षहरू दनेकपा (माओवादी केन्द्र)बाट विजयी बनेका थिए। मेयर बगडिया र उपमेयर खरालसहितलाई एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरुले पार्टी प्रवेश गराएका हुन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्