Logo

भ्रामक समाचार र वक्तव्यबाजी गर्ने २ जना युट्युबर पक्राउ


युट्युबमा भ्रामक समाचार र वक्तव्यबाजी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नागार्जुन नगरपालिका-८ भीमढुंगाका ५३ वर्षीय हरि परियार र लमजुङ घर भई हाल तारकेश्वर नगरपालिका-४ बस्ने २७ वर्षीय निशान चिलवाल रहेका छन्।

नेपाल प्रहरीको साइबर ब्युरोले उनीहरूलाई बुधबार पक्राउ गरेको हो। प्रहरीका अनुसार परियार नेपाल मिडिया नामक युट्युब च्यानल सञ्चालन गर्थे। यसैगरी, चिलवाल विशाल नेपाल नामक युट्युब च्यानल चलाउँथे। उनीहरूलाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार काठमाडौं जिल्ला अदालतबाट सात दिन थुनामा राख्ने अनुमति लिइएको साइबर ब्युरोका प्रवक्ता एसएसपी नबिन्द अर्यालले बताए।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्