माओवादीका मेयर र उपमेयर नै एमालेमा प्रवेश
माओवादी केन्द्रबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर नेकपा एमालेमा प्रवेश गरेका छन् । मेयर दिलिप कुमार अग्रवाल र उपमेयर केशव कुमारी खराललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार रंगेलीमै आयोजित एक कार्यक्रमबीच पार्टी प्रवेश गराएका हुन् ।
यस्तै, रंगली नगरपालिकाका वडा नम्बर ७ का वडाध्यक्ष रामचन्द्र मण्डल र वडा नम्बर १ का वडाध्यक्ष महेशकुमार खनाल पनि एमाले प्रवेश गरेका छन्। दुवै वडाध्यक्ष पनि माओवादी केन्द्रबाटै निर्वाचित हुन्। एमालेका मोरङ अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार मेयर, उपमेयरसहित ४ हजार ७ सय १० जना पार्टी प्रवेश गरेका छन् ।