माओवादी भित्र एमसीसी विवाद चर्किदा ५ जना नेताले छाडे पार्टी
महोत्तरीका ५ जना माओवादी नेताले पार्टी छोडेको घोषाणा गरेका छन्। अमेरिकी सहयोग परियोजना एमसीसी पारित गराउन पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै उनीहरुले एक विज्ञप्ति जारी गर्दै पार्टी छोडेको घोषणा गरेका हुन् ।
माओवादी केन्द्रको मधेश प्रदेश कमिटी सदस्य तुलसीप्रसाद ढुंगाना, रामबहादुर राणा र राजनप्रसाद ढुंगाना, बर्दिबास नगरपालिका–३ का वडाध्यक्ष नरबहादुर खनाल र अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य उर्मिला कार्कीले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी छाडेको बताएका छन् । उनहिरुले एमसीसी देश र जनताको हितमा नभएपनि पार्टी नेतृत्वले त्यसलाई पारित गराउन नेतृत्वदायी भूमिका खेलको उनीहरुले विज्ञप्तिमा उल्लेख गरेका छन्। उनीहरुले केही नेता कार्यकर्ताले पनि पार्टी परित्याग गरेको र उनीहरु पछि सार्वजनिक हुने उल्लेख गरेका छन् ।