Logo

बिना लगानी १२ वर्षको बालक बन्यो १२ करोडको मालिक


एनएफटी अर्थात् नन-फन्जिबल टोकनबारे तपाईंलाई पक्कै थाहा होला । पछिल्लो समय विश्व बजारमा एनएफटीले तहल्का मच्चाइरहेको छ । यो प्रविधिलाई डिजिटल चित्रकारिता र कला क्षेत्रमा एउटा आमूल परिवर्तन मानिन्छ । यसको प्रयोग गरेर पश्चिमा देशमा डिजिटल सम्पत्तिको किनबेच धेरै नै भइरहेको छ । यसैबाट मानिसले मनग्गे कमाइरहेका छन् । बेलायतका १२ वर्षीय बेन्यामिन अहमद अहिले ‘क्रिप्टो एक्सपर्ट’का रूपमा छाएका छन् । सानै उमेरमा प्रविधि बुझ्दा उनी सात लाख ५० हजार डलर पाउन्ड (४८ करोड रूपैयाँ भन्दा बढी) सम्पत्तिको मालिक बनेका छन् । सन् २०१० मा पश्चिम बेलायतमा बेन्यामिन जन्मिएका थिए । उनका बुवा कम्प्युटर प्रोग्रामर र आमा शिक्षिका हुन् । बुवा इमरानबाट पाँच वर्षकै कलिलो उमेरमा कोडिङ सिकेका बेन्यामिन १२ वर्ष पुग्दा करिब ४८ करोडभन्दा बढीको मालिक भइसकेका छन् ।

उनले गत वर्ष एनएफटीको ह्वेल थिम कलेक्सन सार्वजनिक गरी बिक्रीका लागि राखे । बिक्रीमा राखेको केही घन्टामै उनको पहिलो आर्टवर्क एक लाख ४४ हजार डलरमा बिक्री भएको थियो । त्यस्तै अन्य आर्टवर्क बिक्री गर्दा केही महिनामा उनले ९ लाख ८० हजारभन्दा बढी डलर बराबरको इथेरियम आम्दानी गरे । उनको आफ्नो बैङ्क खाता नभएकाले आफूले जम्मा गरेको रकमबाट कत्ति पनि पैसा निकालेका छैनन् । एनएफटीबारे उनले अक्सफोर्ड विश्वविद्यालयमा लेक्चर समेत दिइसकेका छन् । उनका एनएफटी अहिले अन्य व्यक्तिले किन्दै बेच्दै गर्दा समग्रमा ५० लाख डलर बराबरको बिक्री भइसकेको छ ।

आफूले सानै उमेरमा एनएफटीका बारेमा बुझेपनि यसबारे धेरैले नबुझेको उनी बताउँछन् । उनलाई चिनिसकेपछी धेरै मानिसले एनएफटीबारे चासो राखेका छन् । यसबाट आफूलाई खुसी लागेको उनी बताउँछन् । उनले आगामी दिनमा थुप्रै मानिसलाई यसबारे जानकारी दिने सोच बनाएका छन् । आफूलाई करोडपति बनाउने क्रिप्टो र एनएफटीका बारेमा बोल्दै उनी भन्छन्, ‘अबको भविष्य क्रिप्टो र एनएफटीमा नै छ । यदि कुनै पनि उद्योग डिजिटल भएर अगाडि बढ्यो भने त्यसले राम्रै प्रगति गर्छ ।’ एनएफटीको दुनियाँमा केही कुराको भेद नरहेको भन्दै बेन्यामिनले अगाडि भने ‘यसमा धनी गरिब, स्थापित भइसकेका वा नभएका सबैका लागि उपयुक्त छ । यसमा सबैभन्दा बढी समर्पण आवश्यक पर्छ । जसले समर्पण गर्न सक्यो उसले नै यो क्षेत्रमा प्रगति गर्छ ।’ एजेन्सी

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्