Logo

निर्वाचनमा रुखै रुख देखुन भनेर हरियो रङको मतपत्र राख्ने हो ? – केपी ओली


नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा हरियो रङको मतपत्र बनाउन नहुने बताएका छन्। उनले स्थानीय तहको निर्वाचनामा हरियो रंगको मतपत्र बनाउन लागेकोप्रति आपत्ति जनाएका छन् । ओलीले हरियो रंगको मतपत्र कुन आधारमा राखिएको भन्दै सच्याउनुपर्ने बताए। एमालेको महिला संघले गरेको कार्यक्रमा उनले यस्तो बताएका हुन् ।

‘निर्वाचन आयोगले मत पत्रमा हरियो रंग राख्ने भयो रे, ‘किन राख्ने ? यदि हो भने कुन हिसाबले राख्ने ? यो धार्मिक हिसाबले राख्ने हो ? कुन हिसाबले राख्ने हो ?’ ओलीले थपे, ‘सबैतिर रुखै रुख देखुन भनेर हरियो राख्ने हो ? यदि निर्वाचन आयोगले त्यस्तो गरेको हो भने त्यो सच्याउनुपर्छ। हरियो हुँदैन ।’

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्