Logo

पुरुषले पाएको दुःख घटाउन त्यो घरमा एउटा योद्धा छोरी जन्मिनुपर्छ – रेखा थापा


नायिका रेखा थापाले महिला कमजोर हुँदा सबै कमजोर हुने बताएकी छन् । महिला दिवसको अवसरमा शुभकामना दिँदै नायिका थापाले कमजोर महिलाको पती, बुवा, भाई वा प्रेमी सबै कमजोर बन्ने बताएकी हुन्। पुरुषहरुले पाएको दुस्ख घटाऊन त्यो घर भित्र एउटा योद्दा छोरी जन्मिनु पर्ने उनको भनाई छ ।

नायिका थापाले फेसबुकमा लेखेकी छन् पुरुषसँग पनि कयौं पीडा कायमै रहेको उल्लेख गर्दै उनले फेसबुकमा लेखेकी छन्, ‘पुरुषको विरुद्ध होइन, पुरुषलाई पनि पीडा छ। पुरुषहरूले पाएको दुःख घटाउन त्यो घरभित्र एउटा योद्धा छोरी जन्मिनुपर्छ भन्ने मान्दछु। कमजोर महिलाको पती, बुवा, भाइ वा प्रेमी सबै कमजोर बन्न पुग्दछन् । ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना ।’

आज विश्वभर ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी मनाइँदैछ। यसपालि नेपालमा ‘सामाजिक न्याय र लैङ्गिक समानता स् दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ दिवस मनाइँदैछ । महिला दिवसको अवसरमा सामाजिक सञ्जालमा धेरैले शुभकामना सन्देश दिइरहेका छन्। अभिनेत्री रेखा थापाले पनि दिवसको अवसरमा प्रत्येक घरमा ‘योद्धा छोरी’ जन्मिनुपर्ने कुरामा जोड दिएकी हुन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्