Logo

संविधानमा छोरीले छोरासरहको पैतृक सम्पत्ति पाउने भनिए पनि व्यवहारमा छैन – मन्त्री भुसाल


ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्राप्त नभएका महिला अधिकारका लागि आन्दोलनको आवश्यकता रहेको बताएकी छन् । मंगलबार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले राष्ट्रपति महिला हुने अवस्था आए पनि सबैले समान अधिकार नपाएको बताइन् ।

प्राप्त भएको ३३ प्रतिशत लागु गर्ने र अपूर्ण १७ प्रतिशत अधिकार प्राप्ति आन्दोलनको मुख्य एजेन्डा हुनुपर्ने उनको भनाइ छ । आर्थिक अधिकारमा समानता भए अरू कुरा प्राप्त हुन सहज हुने उनले बताइन् । “अहिले पनि छोरीले छोरासरहको पैतृक सम्पत्ति प्राप्ति संविधानमा छ, व्यवहारमा छैन । यसलाई व्यवहारमा कार्यान्वयन गर्ने कुरामा कुनै संकीर्णता राख्नु जरुरी छैन,” उनले भनिन् । महिलामाथिको हिंसा, हत्या बढेको भन्दै राज्यले सुरक्षा गर्नुपर्ने बताइन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्