Logo

अदालतबाट मुद्दा जितेर सरकार ल्याउने भएपछि लोकतन्त्र किन चाहियो ? – ओली


नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई असफल भयो भनेर टिप्पणी हुने गरेको बताएका छन्। दुई तिहाइको सरकार टिकाउन सकेन भनेर आलोचना गर्नेलाई कसरी दुई तिहाइ पुर्‍यायो भनेर ध्यान दिन आग्रह गरे। ‘केही मान्छेहरू भन्छन्, केपी ओली असफल भयो, दुई तिहाइको सरकार टिकाउन सकेन,’ उनले भने, ‘यो दुई तिहाई कसरी पुर्‍याइयो भनेर कसैले भन्दैनन्।’

सोमबार पोखरामा मानव अधिकार एलायन्सको पाँचौ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै ओलीले दुई तिहाई बहुमत कसैले उपहार नदिएको बताए। दुई तिहाइको सरकार आफूहरूको संघर्ष र आन्दोलनबाट बनाउन सफल भएको भन्दै उनले भने,  ‘कसैले दुई तिहाई गिफ्ट दियो मैले खसाएर फुटाएँ ? कि त्यो हामीले आर्जन गरेको हो ?’

दुई तिहाइको सरकार गलत तत्वहरूले सहन नसकेर फालेको ओलीले दाबी गरे। पार्टीभित्र र बाह्य शक्तिहरू मिलेर आफ्नो सरकार ढलाएको ओलीको आरोप छ।

केही अवान्छित गलत तत्वहरूले सहन सकेनन्,’ उनले भने, ‘प्रतिक्रियावादीसँग मिलेर भित्रका शक्ति र बाह्य शक्तिसँग मिलेर हामीलाई फाले।’ संसदबाट सरकार बनाउन नसकेर अदालतबाट परमादेश ल्याएको ओलीले आरोप लगाए।

‘जनतामा जान नसकेर परमादेशबाट सरकार ल्याए, संसदबाट होइन, अदालतबाट मुद्दा जितेर सरकार ल्याउने भएपछि लोकतन्त्र किन चाहियो,’ उनले भने। आफू सरकारमा हुँदा जनतामा नयाँ आशा, उत्साह, राष्ट्रिय जागरण र संकल्प अघि बढेको ओलीको दाबी छ। यस्तो अवस्थामा प्रतिक्रियावादीहरू आत्तिएर आफू नेतृत्वको सरकार ढलाएको उनले आरोप लगाए।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्