गठबन्धन गरेरआए पनि एमाले कोहीसँग डराउदैन – पोखरेल
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा धेरै राजनीतिक दल हुँदा बाहिरी चलखेल र अस्थिरता बढेको बताएका छन् ।
एमाले मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले नेपालमा अस्थिरताको कारण धेरै राजनीति दल भएको बताउँदै अब २ राजनीतिक शक्तिलाई अघि बढाउनुपर्ने बताएका छन् ।
साथै उनले विभिन्न बहाना देखाएर अहिलेको सरकार चुनावबाट भाग्न खोजेको आरोप समेत लगाएका छन्। एमाले निर्वाचनको पक्षमा रहेको बताउँदै उनले सरकार आवधिक निर्वाचनबाट भाग्न खोजेको बताए ।
अहिले स्थानीय तहको निर्वाचन सार्न प्रतिनिधि सभाको निर्वाचनको कुरा गरिएको बताउँदै उनले पहिले स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताए। गठबन्धन गरेर आए पनि एमाले कोहीसँग नडराउने पोखरेलले बताए ।