Logo

नेप्सेमा समान्य वृद्धि हुँदा कारोबार रकम साढे दुई अर्ब


साताको दोस्रो दिन सेयरबजार परिसूचक नेप्सेमा समान्य वृद्धि भएको छ । आइतबार एक अंकको समान्य गिरावट भएको बजारमा सोमबार बजार परिसूचक नेप्से १.५४ अंकले वृद्धि भएर २५४४.९३ अंकमा बन्द भएको छ । दिनभर बजारमा सामान्य उतारचढाव देखिए पनि अन्तिममा एक अंक बढेर बन्द भएको छ ।

नेप्सेमा सुस्तता छाउँदा कारोबार रकममा पनि संकुचन देखिएको छ । सोमबार  बजारमा दुई अर्ब ६० करोडको सेयर कारोबार भएको छ । आइतबार पनि कारोबार रकम दुई अर्बमा सिमित भएको थियो ।

बजालाई लिड गर्ने बैंकिङ, होटेल तथा पर्यटन, निर्जीवन बिमा, उत्पादनमूलक  र  अन्य उपसूचमकमा वृद्धि हुँदा  लघुवित्त, विकास बैंक, वित्त कम्पनी, हाइड्रोपावर, जीवन बिमालगायत उपसूचकमा गिरावट हुँदा पनि नेप्सेमा सामान्य सुधार भएको छ ।

कारोबार रकममा संकुचन भएपनि सर्वोत्तम सिमेन्टको साढे २७ करोडभन्दा बढीको सेयर किनबेच भएको छ । नेपाल दूरसञ्चार कम्पनीको साढे १२ करोड र नेपाल लाइफको ११ करोड रुपैयाँको कारोबार भएको छ ।

आज दिनभर बजारमा १९२ कम्पनीको सेयर कारोबारमा आउँदा ६६ कम्पनीको  सेयरमूल्यमा वृद्धि भएको छ । ११८ कम्पनीको सेयरमूल्य गिरावट र ८ कम्पनीको सेयरमूल्य स्थिर छ ।

बुद्धभूमि हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ५.८९ प्रतिशतले वृद्धि हुँदा बोटलर्स नेपाल तराईको सेयरमूल्य ५.४८ प्रतिशत र सामुदायिक लघुवित्तको ४.३४ प्रतिशतले वृद्धि भएको छ ।पाँचथर पावरको सेयरमूल्य ६.९० प्रतिशतले गिरावट हुँदा सञ्चकन्यामाईं हाइड्रोपावरको ४.४७ प्रतिशतले गिरावट भएको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्