एमसीसी आयोजनामा काम गर्न अमेरिकी कामदार आउने भन्ने प्रचार भ्रममात्रै – गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाणले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) राष्ट्रको समृद्धि र विकासका लागि प्रतिनिधि सभाबाट पास गरिएको बताएका छन् ।
नेपाल निजामति कर्मचारी संगठन गृह विभागीय १२ औं अधिवेशनमा उनले यस्तो बताएका हुन् । गृहमन्त्री खाणले एमसीसी पास भएका कारण कुनै विदेशी सेना नेपालमा नआउने बताए ।
“एमसीसी हामीले राष्ट्रको समृद्धि र विकासका लागि प्रतिनिधि सभाबाट पारित गरेका हौँ । एमसीसी पास भएका कारण कुनै विदेशी सेना नेपालमा आउन्न,” गृहमन्त्री खाणले भने ।
एमसीसीले विद्युतमा विकास, गरिबी निवारण र भौतिक विकासमा सहयोग गर्ने उनको भनाइ छ । एमसीसी ऋण नभइ अनुदान भएको बताउँदै उनले आयोजनामा काम गर्न अमेरिकी कामदार आउने भन्ने प्रचार भ्रममात्रै भएको बताए ।