Logo

कोन्ज्योसोम गाउँपालिकामा एकै घरभित्र ४ जना मृत फेला


ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा एकै परिवारका चार जना मृत भेटिएका छन्।

कोन्ज्योसोम गाउँपालिका-४ नल्लुको एउटा घरका चार जना सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका हुन्। दुई जना घाइते छन्।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले उनीहरूको निसास्सिएर मृत्यु भएको अनुमान गरिएको बताए।

‘घटनास्थलमा हामी पुग्दैछौं, फरेन्सिक डाक्टरसहितको टोली लिएर हिँडेका छौं,’ उनले भने।

मृत्यु हुनेमा ५५ वर्षीय काइँला स्याङताङ, बुहारी २२ वर्षीया सुष्मा स्याङताङ, नाति ९ वर्षीय आशिष स्याङताङ र ५ वर्षीया नातिनी आशमा स्याङताङ रहेका छन्।

छोरा २२ वर्षीय सुभाष स्याङताङ र नाबालक २ दिनको नवजात शिशु बेहोस् अवस्थामा फेला परेका छन्।

बुहारी सुष्मा सुत्केरी भएका कारण कोठामा आगो बालेर सुतेको र त्यहीँ उनीहरू मृत भेटिएको पोखरेलले बताए।

‘उनीहरू खाना खाएर सुतेका थिए,’ पोखरेलले भने, ‘घटनास्थलमा आगो बालेको कोइला र केही वान्ता भएको पनि देखिएको छ।’

सुभाष र दुई दिनको शिशुलाई उद्धार गरी उपचारका लागि पाटन अस्पताल ल्याइएको छ।

घटना अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर ललितपुर, महानगरीय प्रहरी वृत्त चापागाउँ, इलाका प्रहरी कार्यालय कोन्ज्योसोमबाट टोली खटिएको छ। टोलीमा फरेन्सिक चिकित्सक पनि छन्।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्