पोखरामा भोलि सार्वजनिक बिदा
पोखरा महानगरपालिकाले भोलि (सोमबार) सार्वजनिक बिदा दिएको छ ।
तत्कालीन पोखरा नगर पञ्चायतका पूर्व प्रधानपञ्च गणेश शेरचनको आज ७८ वर्षको उमेरमा निधन भएको शोकमा महानगरले एक दिन बिदा दिएको हो ।
सोमबार पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालय र अन्तर्गतका कार्यालयहरू शोक विदाको रूपमा बन्द रहने छन ।
शेरचनले विसं २०३२ देखि २०३८ सालसम्म पोखरा नगर पञ्चायतको प्रधानपञ्च भएर काम गरेको महानगरले जनाएको छ ।
उनको उपचारका क्रममा आज काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएको हो ।