अब दैनिक १० किलो मात्रै सुन आयात गर्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले सुनको आयातमा काडाईं गरेको छ। राष्ट्र बैंकले आइतवार निर्देशन जारी गर्दै दैनिक १० किलो मात्रै सुन आयात गर्न पाउने व्यावस्था गरेको हो।
यस अघि दैनिक २० किलो सुन आयात गर्न पाउने व्यवस्था थियो ।
सुन आयातकै लागि ठूलो रकम विदेशिँदा विदेशी विनिमय सञ्चिति घट्न थालेपछि राष्ट्र बैंकले आयातको कोटा आधा घटाएको हो।
व्यावसायीले भने दैनिक ३० किलोसम्म सुन आयात गर्न दिनुपर्ने माग राख्दै आएका छन् ।
चालू आर्थिक वर्षको पहिलो ७ महीनासम्ममा नेपालले २५ अर्बको सुन आयात गरिसकेको छ।
यो अघिल्लो वर्षको यही अवधिका तुलनामा ९० प्रतिशतले बढी हो। विदेशी विनिमय सञ्चिति लगातार खस्किएपछि राष्ट्र बैंकले पछिल्लो समयमा विभिन्न वस्तुको आयातमा बन्देज लगाउँदै आएको छ ।