Logo

मेक्सिकोमा फुटबल खेलमा भएको हिंसामा २२ जना घाइते


मेक्सिकोमा फुटबल खेल जारी रहेको अवस्थामा शनिबार हिंसा भड्कँदा कम्तीमा २२ जना घाइते भएका छन् । मैदानमा नै हिंसा भड्कँदा खेल रद्द गरिएको थियो ।

क्वेरेटारो सहरको ला कोरेगिदोरा स्टेडियममा क्वेरेटारो र एटलसबीचको खेल ‘२०२२ क्लाउसुरा फुटबल प्रतियोगिता’को नवौँ राउन्डमा ६३औँ मिनेट चल्दै थियो ।

यसैबीच विपक्षी र प्रशंसकहरूबीच झगडा सुरु भएको थियो ।

सुरक्षा गार्डहरूले प्रशंसकहरूलाई सुरक्षित स्थानमा पुग्न अनुमति दिन स्टेडियमको ढोका खोल्दा कोही–कोहीले खेल रोक्न र खेलाडीहरूलाई लकर कोठामा पठाउन बाध्य पारेर हानाहान जारी राखेका बताइएको छ ।

अराजक दृश्यहरू देखापरेको जनाइएको छ । मानिसको मृत्यु भएको कुनै समाचार प्राप्त भएको छैन । तर, २२ जना घाइते र तीमध्ये दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

क्वेरेटारो राज्यको नागरिक सुरक्षाले खेल रद्द भएको जानकारी दिएको छ ।

क्वेरेटारो क्लबले एक विज्ञप्ति प्रकाशित गरी हिंसाको निन्दा गर्दै हिंसामा जिम्मेवार जो कोहीविरुद्ध कडा कारबाही माग गरेको छ । रासस

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्