मूल्यवृद्धिका कारण कर्मचारीको तलब बढाइँदै
बेलायतको राजधानी लन्डनस्थित पव्लिक रिलेसन्स फर्म कोम्मसकोडटका व्यवस्थापन निर्देशक इलोना हिटलले मुलुकमा विद्युत् र पेट्रोेलको मूल्यवृद्धि भएको थाहा पाएपछि आफ्ना कर्मचारीहरुलाई सक्दो सहयोग गर्ने निर्णय गरिन् ।
उनी भन्छिन्, “ मुद्रा अवमुल्यनका कारण ती वस्तुको मूल्य बढेकोमा केही कर्मचारी निकै चिन्तित रहेको थाहा पाएपछि मैलै तिनीहरुलाई ढाडस दिँदै केही गरिदिने बताएंँ ।”
अप्रिलदेखि औसतमा ५४ प्रतिशत मूल्यवृद्धि भएर उर्जाको विल ६९३ पाउन्ड पुग्ने देखिएकाले हिटलले आफ्ना सशक्त कर्मचारीको १२ वटा टोलीका सबैलाई वार्षिक जनही ७ सय पाउन्ड तलव वृद्धि गरेकी छन् ।
यसबारे हिटल भन्छिन्, “हाम्रा कर्मचारीलाई हेरचाह गर्नु हाम्रो जिम्मेवारी हो । कठिन समयमा कसरी आफ्ना मानिसलाई सहयोग गरिने भन्ने यो हाम्रो व्यवहार हो । कर्मचारीहरू निकै खुसी भएका छन् ।
थोक बिक्रीमा नै उच्च मूल्यवृद्धिका कारण इंगल्यान्ड, वेल्श र स्कटल्यान्डको जनजीवन प्रभावित हुने भएको छ ।”
वेलायतको ३० वर्ष लामो इतिहासमै पहिलो पटक गत जनवरीमा मुद्रा अवमुल्यनमा ५ दशमलव ५ प्रतिशतले वृद्धि भएको थियो । जसका कारण उर्जा र इन्धनमात्र नभई खाद्य वस्तुको मूल्यमा पनि उच्च वृद्धि भएको छ ।
रुसले युक्रेनमा गरेको आक्रमणका कारण पनि पेट्रोल र डिजेलको मूल्यवृद्धिमा सहयोग पुगेको बताइएको छ ।
हिटललगायत अन्य कम्पनीका बोसले पनि यस्तो समयमा आफ्ना कर्मचारीहरूलाई सहयोग गरिरहेका छन् ।
बर्मिंघमस्थित रिक्रुइटमेन्ट कम्पनीका प्रमुख कार्यकारिणी अधिकारी क्रिस्ट स्ट्रिन्जरले यसै महिना २४ जना कर्मचारीलाई इमेलमार्फत तिनीहरुको पाँच प्रतिशत तलव वृद्धि हुने जानकारी गराइसकेका छन् ।
उनले मुद्रा अवमुल्यनका लागि उर्जाको विलमात्र नभई सम्पूर्ण चिज महंगिएकाले पनि आफूले तलव वृद्धिको निर्णयगरी आफ्नो अधिकारको सदुपयोग गरेको बताएका छन् ।
इनर्जी कन्सल्टिंग फर्म आरएसएल रिन्युएवल्सका अर्का प्रमुख कार्यकारिणी अधिकारी स्टेफन क्लेटनले पनि स्थायी रुपमा आफ्ना कर्मचारीको तलवमा वृद्धि गरिदिएका छन् ।
ग्लास्गोस्थित प्रविधि कम्पनी फायरफिस सफ्टवेयरका बोस डेविड कोन्नोल्लीले पनि आफ्ना प्रत्येक कमचारीको तलवमा ६ सय पाउन्ड थपिदिएका छन् । एजेन्सी