Logo

कांग्रेसमा विभाजन नभएकाले नै एमसीसी पारित भएको हो – विश्वप्रकाश शर्मा


नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री शेरबहादुर देउवाले इमान्दारिताका साथ एमसीसी पास गरेको बताएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको नेपाल कर्मचारी युनियनको आठौँ महाधिवेशनमा सम्बोधन गर्दै शर्माले दुईतिहाइ बहुमत हुँदा पनि नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी पास गराउन नसकेको भन्दै यस्तो बताएका हुन् ।

विपक्षीको अवरोधका बाबजुद कांग्रेस सभापति समेत रहेका देउवा एमसीसी पास गर्न सफल भएको उनले बताए।

साथै महामन्त्री शर्माले कांग्रेसमा विभाजन नभएकाले नै मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)पारित भएको बताएका छन् ।

महाधिवेशनमा नेता कार्यकर्ता एक अर्काका विरुद्ध उभिएको भए पनि देशहितका लागि भने कांग्रेसले एकताको सन्देश दिइरहेको उनले बताएका हुन् ।

नेपालमा पाँच वर्षसम्म कुनै पनि सरकार नचलेको भन्ने बारेमा कर्मचारी प्रशासनले पनि गम्भीर भएर समीक्षा गर्नुपर्ने उनले बताए।

सरकार बदलिँदा कर्मचारीहरूलाई भेदभावको व्यवहार हुने गरेको उनको भनाइ छ।

अबको निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने दाबी गर्दै पाँच वर्ष कांग्रेसले नै सरकारको नेतृत्व गर्ने बताएका छन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्