Logo

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुले आज शपथ लिँदै


राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुले आज शपथ लिँदै छन् ।

आज संघीय संसद सचिवालय, सिंहदरबारस्थित कानून समितिको बैठक कक्षमा शपथ कार्यक्रम आयोजना गरिएको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले जानकारी दिएका छन् ।

संविधानबमोजिम राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित राष्ट्रिय सभाका सदस्यहरुको शपथ गराउने छन्।

राष्ट्रिय सभामा प्रत्येक २ वर्षमा एक तिहाइ पद रिक्त हुन्छ। २० जना राष्ट्रिय सभाका सदस्य शुक्रबारदेखि बिदा भएका छन्।

आज सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने एक जना बाहेक १९ जनाको शपथ हुनेछ ।

राष्ट्रिय सभाका १९ सिटका लागि माघ २४ गते भएको निर्वाचनमा गठबन्धनका १८ र विपक्षी नेकपा एमालेका एक जना राष्ट्रिय सभामा निर्वाचित भएका थिए।

रिक्त भएका पदमध्ये ७ महिला, २ अपाङ्ग तथा अल्पसङ्ख्यक, ७ अन्य र तीन दलित ‘क्लस्टर’सँग सम्बन्धित रहेका थिए।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्