Logo

एमाले र कांग्रेसको गठबन्धन बन्न लागेको थियो, त्यो भत्कियो – प्रचण्ड


नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको केन्द्रीय कमिटी बैठकमा समसामयिक विषयमा ब्रिफिङ गरेका छन् ।

शुक्रबार राष्ट्रियसभा गृहमा बसेको बैठकमा प्रचण्डले एमसीसी पास गर्नुको औचित्व पुष्टि गर्दै पास नभएको भए सभामुख, माधवकुमार नेपालसहित १४ पद धरापमा पर्ने बताएका छन् ।

“एमसीसी पास गर्दा सभामुख र माधवसहितका १४ को पद बच्यो ।

गठबन्धन पनि जोगियो,” प्रचण्डले ब्रिफिङमा भनेका छन्, “एमाले र कांग्रेसको गठबन्धन बन्न लागेको थियो, त्यो भत्कियो ।”

उनले एमसीसी सत्ता गठबन्धनबाटै पास हुँदा गठबन्धन चुनावमासमेत कायम हुने अवस्था निर्माण भएको बताए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्