प्रचण्ड र श्रेष्ठ एकतावद्ध भएर अगाडी बड्ने
माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा नेताहरूबीच पार्टीलाई बनाउने विषयमा सहमति भएको छ ।
राष्ट्रय सभागृहमा बसेको शुक्रबारको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले पार्टीलाई एकतावद्ध बनाएर लैजाने विषयमा सहमति भएको बैठकपछि नेता देव गुरुङले बताए ।
उनकाअनुसार बैठकमा प्रचण्डले समसामयिक विषयमा रिपोर्टिङ गरेका थिए ।
उनले पछिल्लो समय पार्टीमा देखिएको समस्या छलफलको माध्यमबाट हल गर्नुपर्नेमा जोड दिएका थिएका थिए ।
प्रचण्डले नेता कार्यकर्ताहरूलाई स्थानीय निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएका थिए ।
बैठकमा नेता श्रेष्ठले एमसीसीबारे फरक मत राखेको उनले बताए । उनले एमसीसी राष्ट्रको प्रतिकूल रहेको पनि बताएका थिए ।
तर, नेताहरूबीच पार्टीलाई बलियो बनाउने विषयमा एकमत रहेको गुरुङले बताए ।
आजको बैठकले पार्टीलाई एकतावद्ध रहेको सन्देश दिएको उनले बताए ।