चीनविरुद्ध नाकाबन्दी गर्न एमसीसी ल्याइएको हो – वैद्य
नेकपा (क्रान्तिकारी) माओवादीका महासचिव मोहन बैद्य किरणले एमसीसी चीनविरुद्ध नाकाबन्दी गर्न ल्याइएको बताएका छन्।
एमसीसी खारेजीको माग गर्दै ६ दलीय मोर्चाले आज काठमाडौँमा आयोजना गरिएको बिरोध सभामा सम्बोधन गर्दै नेता वैद्यले यस्तो बताएका हुन् ।
एमसीसी चीनविरुद्ध नाकाबन्दी गर्न ल्याइएको हुँदा यस्मा चिनले निरन्तर चासो देखाएको उनको भनाई छ।
चीन मात्र नभई एमसीसी भारतका विरुद्ध पनि परिलक्षित भएकाले भारतीयहरू पनि खुशी नभई सशंकित बनेको बैद्यले बताएका छन् ।
साथै महासचिव वैद्यले एमसीसी खारेजीको लागि आफूहरूको आन्दोलन निरन्तर जारी रहने पनि बताएका छन्।
बिरोध सभालाई नेकपा महासचिव नेत्रविक्रम चन्द्र विप्लव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतले सम्बोधन गर्दैछन् ।
साथै उनले एमसीसीको व्याख्यात्मक घोषणा भनेर राजनीतिक दलहरुले भ्रमजाल फालेको बताएका छन्।
उक्त व्याख्यात्मक घोषणालाई अमेरिकाले नस्वीकारेको उनको बुझाइ छ ।