प्रचण्डले पत्रकार सम्मेलन गरेर पार्टी छाेड भन्नुभयो – नारायणकाजी श्रेष्ठ
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीमा व्यक्तिवादी प्रवृत्ति हाबी भएको बताएका छन् ।
शुक्रबार पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत लिखित भनाइमा श्रेष्ठले पार्टीमा ‘दलाल तथा नाेकर पुँजीवादीहरूको साँठगाँठ बढेको’ समेत बताएका छन् ।
उनले पार्टीको मुख्य समस्याका रूमा वैचारिक संस्कृति अभाव रहेको औँल्याएका छन् ।
“विवेक प्रयोग गरी वस्तुनिष्ठअनुसार अघि बढ्नुपर्यो । एतिहासिक माेडमा कसैले गम्भीर गल्ती नगराैँ ।
हाम्रो मुख्य समस्या वैचारिक संस्कृतिकाे भयाे । हाम्रो पार्टीमा व्यक्तिवादी हाबी भयो ।
दलाल तथा नाेकर पुँजीवादीहरूको साँठगाँठ बढ्याे । २०५३ सालदेखिकाे सम्बन्ध प्रचण्डले पत्रकार सम्मेलन गरेर पार्टी छाेड भन्नुभयो,” उनले भनेका छन् ।
एमसीसीलाई लिएर उनी पार्टी नेतृत्वसँग असन्तुष्ट छन् ।