व्यवसायीहरुले निगमको डिपोबाट पेट्रोलियम पदार्थ खरिद गर्न छाडे
देशभरका पेट्रोल पम्प व्यवसायीहरुले कमिसन नपाएपछि नेपाल आयल निगमको डिपोबाट पेट्रोलियम पदार्थ खरिद गर्न छाडेका छन्।
निगमले व्यवसायीहरुलाई दिँदै आएको कमिसन कटौती गरेपछि उनीहरुले घोषणा गरेरै निगमको डिपोबाट पेट्रोलीयम पदार्थ उडाउन छाडेको निगमले जनाएको छ ।
व्यवसायीहरुले इन्धनको आपूर्ति व्यवस्था नै बिथोलिने गरी पेट्रोलियम पदार्थ खरिद गर्न छाडेका छन्।
नेपाल आयल निगमले आफूहरुले पाउँदै आएको कमिसन कटौती गरेको विरोधमा यस्तो निर्णय गरेको पेट्रोल पम्म व्यवसायीहरुको संस्था नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले जनाएको छ ।
प्यपसायीहरुले सेवा सुविधा काट्ने निर्णय भएपछि विरोध गरेका जनाएको छ। आज निगमका डिपोबाट तेल उठेको छैन।
बिहीबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य संरचनामार्फत प्रतिशतमा दिंदै आएको कमिसन कटौती गर्ने निर्णय गरेको थियो।
विहानैदेखि इन्धन उठाउन रोक्ने घोषणा भएपछि निगमको डिपोबाट इन्धन उठेको छैन् । व्यवसायीको विरोधका कारण देशैभर इन्धन नउठेको निगमले जनाएको छ ।
काठमाडौं उपत्यकामा इन्धन आपूर्ति गर्ने देशकै ठूलो मध्ये एक थानकोट डिपोबाट शुक्रबार विहानैदेखि इन्धन नउठेको डिपोले जनाएको छ।
शुक्रबार डिपोबाट डिजेल, पेट्रोल र मटीतेलको बिक्री नभएको डिपोले जनाएको छ।
थानकोट डिपोबाट दैनिक करिब ७ लाख लिटर डिजेल र ९ लाख लिटर पेट्रोल बिक्री हुन्छ।
तर, आज एक लिटर पनि इन्धन उठेको छैन्। जसका कारण यसअघि बिक्री भएको इन्धन सकिएपछि बजारमा अभाव सृजना हुने देखिएको छ ।