मृत्युसँग लड़ीरहेका देउकुमार राई सहयोगको आशमा
झापा कमलका ५४ वर्षिय देउकुमार राई मृत्यु सँग लड़ीरहेका छन् ।
झापा कमल गाउँपालिका वार्ड ३ स्थित समाबेशी टोलका ५४ वर्षिय देउकुमार राई विभिन्न रोगका कारण विगत ३ महिनादेखी उपचार अभावका कारण मृत्यु सँग जुधीरहेका छन् ।
पीड़ित राईलाई कलेजो ,मृगौला, जन्डिस लगाएतका रोगले च्यापेका कारण आर्थिक अवस्था अत्यन्तै कमजोर भएका राईको उपचारका लागी अहिले सम्ममा ६ लाख रुपैया भन्दाबढी खर्च भएको र अब श्रीमानको उपचार कसरी गर्ने भन्ने चिन्तामा रहेकोले सबैलाई श्रीमानको उपचारमा सहयोग गरिदिनुहुन श्रीमती कमला देबी राईले अनुरोध गरेकी छिन ।
आर्थिक अवस्था कमजोर भएका राईले जसोतसो परिवारको गर्जाे टार्दै हुनुहुन्थ्यो तर अचानक विरामीले च्यापेपछि अहिले ओक्षन पर्नु भएको र पैसापनि उपचारमा सकियो अब थप उपचार गर्न ३० देखी ३५ लाख रुपैया लाग्ने डाक्टरको भनाई रहेको पीडित राइले बताईन ।
अव यतीठुलो रकम कसरी जुटाउने भन्नेमा चिन्ता रहेको विरामी देउ कुमार राईले बताए ।
अहिले उपचार गराउन काठमाण्डौ निदान हस्पिटल शनिवार पूराईएको छ ।
सम्पूर्ण नेपालीहरुलाई आर्थिक सहयोग गरी मेरो प्राण बचाईदिनुहोस भनि दुईहात जोड़ी बिन्ती बिसाएका छन ।
बिरामी सम्पर्क नम्बर : ९८१८२९५०४९