Logo

स्थानीय निर्वाचनमा कांग्रेस नै पहिलो दल बन्छ – गगन थापा


नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनका लागि वार सुरु भइसकेको बताएका छन् ।

आज कांग्रेस गण्डकी प्रदेश कार्यलय पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले चुवावका लागि वार सुरु भइसकेकाले कहाँ र कसरी लड्ने भन्ने बारेमा तयारी गर्ने बेला भएको बताएका छन्।

नेता थापाले स्थानीय निर्वाचनमा कांग्रेस नै पहिलो दल बन्ने समेत ठोकुवा गरेका छन् ।

नेता थापाले कांग्रेसले स्थानीय निर्वाचनमा गठबन्धनबीच चुनावी तालमेल अथवा कसरी चुनाव लड्छ भन्ने कुरा आगमी केन्द्रीय समितिको बैठकमा छलफल हुने पनि बताएका छन्।

महामन्त्री थापाले चुनाव तोकिएकै समय बैशाख ३० गते नै हुने समेत दाबी गरेका छन् ।

उनले भने अलमल हुने कुनै कुरा छैन, स्थानीय चुनावको बारेमा शंका गर्नुपर्ने कारणै छैन,सबलाई अब चुनाव लाग्यो निर्वाचन ३० गतेको तलमाथि एक दिन पनि हुँदैन।

महामन्त्री थापाले कांग्रेसले फागुनको अन्तिम साताबाट चुनावी अभियान शुरु गर्ने पनि बताएका छन् ।

‘उनले अगाडी भने फागुन २९ बाट घर जाउ काँग्रेस जिताउ अभियान शुरु हुन्छ। ७७ जिल्लाका लागि केन्द्रीय सदस्य खटाइनेछ।

फागुन २७ गते केन्द्रीय समितिको बैठक राख्छ। सात वटा प्रदेशमा सात सहमहामन्त्री खटाउँनेछ। चैत २७ र २८ गते उम्मेद्वार तयार हुन्छ।

अभियानको दुईटा चरण उम्मेद्वार बनाउनुअघि उम्मेद्वार आइसकेपछि अर्को चरण। मतदाता संवाद गर्छौ। नयाँ भोटरसँग संवाद गर्छौ’।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्