अमेरिकाले हिटलर प्रवृती देखाउदै छ
रुसका विदेशमन्त्री सर्गेइ लाभ्रोभले युरोपमाथि आफ्नो साम्राज्य फैलाएर दमन गरिरहेको भन्दै संयुक्त राज्य अमेरिकालाई हिटलरसँग तुलना गरेका छन् ।
उनले युक्रेनी सरकार ‘नवनाजी’ सरकार भएको रुसी दाबीलाई पुनः एकचोटि दोहोर्याउँदै गिरोहहरूले मारिउपोललगायत सहरहरूमा लुटिरहेको आरोप लगाएका छन् ।
तर, बीबीसीले उनका यी दाबीलाई समर्थन गर्ने प्रमाणहरू नदेखिएको जनाएको छ ।
साथै, लाभ्रोभले युक्रेनीहरूले अहिले सर्वसाधारणलाई युद्धमा मानवढालका रूपमा प्रयोग गरिरहेको पनि बताएका छन् ।
लाभ्रोभले अमेरिकाको चलचित्र उद्योग हलिउडको पनि आलोचना गर्दै आएका छन् ।
खराब चिज मात्र देखाइने पश्चिमी सञ्चारमाध्यमले लेख्ने हलिउड चलचित्र मानिसले हेर्न नहुने उनको भनाइ छ ।
यसैगरी, लाभ्रोभले नेटोले रुसको खर्चमा पश्चिमी सुरक्षा सुदृढ गर्ने प्रयास गरिरहेको पनि आरोप लगाएका छन् ।
अमेरिकालाई नेपोलियन र हिटलरसँग तुलना गर्दै उनले भनेका छन्, “विगतमा नेपोलियन र हिटलरको लक्ष्य नै युरोपमाथि विजय हासिल गर्नु थियो ।
जुन कुरा अहिले अमेरिकाले गरिरहेको छ । जर्मनीको नोर्डस्ट्रिम २ ग्यास पाइपलाइन परियोजना रद्द गर्नुबाटै युरोपेली संघको स्थान छर्लंग भएको छ ।
यस निर्णय पछाडि पनि अमेरिकाको हात रहेको छ ।” एजेन्सी