Logo

प्रचण्डद्वारा पार्टी विभाजनतिर नलाग्न नारायणकाजीलाई आग्रह


नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठबीच आज बिहान पनि भेटवार्ता भएको छ ।

प्रचण्डले आफ्नो निवास खुमलटारमा भएको भेटवार्तामा पार्टी विभाजनको गतिविधि अघि नबढाउन श्रेष्ठलाई आग्रह गरेका स्रोतले जानकारी दिएको छ ।

प्रतिनिधिसभाबाट एमसीसी सम्झौता अनुमोदन भएको र त्यसमा पार्टीको समर्थन रहेकोप्रति श्रेष्ठ असन्तुष्ट छन् ।

एमसीसी अनुमोदन भइसकेपछिको पत्रकार सम्मेलनमा प्रचण्डले दिएको श्रेष्ठलक्षित अभिव्यक्तिले असन्तुष्टि चुलिएको छ ।

गएको मंगलबार प्रचण्डले नाराणयकाजी निवास हात्तीवन पुगेर एमसीसीमा मतभिन्नता कायम रहे पनि मिलेर जाने प्रस्ताव राखेका थिए  ।

नारायणकाजीले बुधबार नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग छलफल गरेका थिए ।

विवादबीच विभिन्न नेताहरूसँग छलफल चलाएपछि प्रचण्ड झस्किन थालेको माओवादी केन्द्रका एक नेता बताउँछन् ।

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक भोलि बस्दै छ । बैठकमा श्रेष्ठ पक्षले ‘नोट अफ डिसेन्ट’ प्रस्तुत गर्न सक्ने ती नेताको भनाइ छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्