१५ दिनभित्र आईभीएफ सेन्टरहरूलाई दर्ता प्रक्रियामा आउन स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमति लिई वा नलिई सञ्चालनमा रहेका आईभीएफ सेन्टरहरूलाई १५ दिनभित्र दर्ता प्रक्रियामा आउन निर्देशन दिएको छ ।
मन्त्रालयले बुधबार सूचना जारी गर्दै आईभीएफ सेन्टरहरूलाई मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखामा निवेदन दिन भनेको छ ।
तोकिएको अवधिमा दर्ता प्रक्रियामा नआउने स्वास्थ्य संस्थालाई कानुनबमोजिम कारबाही गरिने पनि मन्त्रालयले जनाएको छ ।