Logo

राजसंस्थाको पुनर्स्थापना पार्टीको कार्यनीतिमा छैन – थापा


राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनर्स्थापना आफ्नो पार्टीको कार्यनीति नरहेको बताएका छन् ।

आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राजसंस्थाप्रति आस्था र सम्मान हुने तर अहिलेको कार्यनीति भने नहुने प्रष्टयाएका हुन्।

उनले हिन्दू राष्ट्र, सुशासन र समृद्धि आफ्नो पार्टीको मुख्य मान्यता रहेको बताएका छन् ।

धर्मनिरपेक्षताको खारेजी र संघीयताको परिमार्जन गर्न आफ्नो पार्टीले जोड दिने अध्यक्ष थापाको भनाइ थियो।

सो अवसरमा अध्यक्ष थापाले पार्टीमा मनोनित पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गर्दै उत्साहका साथ काम गर्न निर्देशन दिएका थिए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्