Logo

रुसद्वारा एप्पलका उत्पादन बिक्रीमा रोक


हाल युक्रेन र रुसबीच जारी युद्धले चरम रूप लिइरहेको छ । रुसले युक्रेनमाथि गरेको हमला अमानवीय भएको भन्दै धेरै ठाउँबाट विरोध र बहिष्कार गर्ने अभियान चलिरहेको छ ।

केही दिनअघि मात्र गुगलले युक्रेनको समर्थनमा युक्रेनका धेरै सहरको लाइभ ट्राफिक टुल बन्द गरेको थियो ।

त्यस्तै बुधबारदेखि एप्पलले पनि रुसमा आफ्ना उत्पादन बिक्री गर्न रोक लगाएको बीबीसीले उल्लेख गरेको छ ।

आईफोन निर्माता कम्पनी एप्पलले रुसले गरेको हमला चिन्ताको विषय भएको र सो हिंसाबाट पीडित भएका व्यक्तिहरूको समर्थनमा यो पहल चालेको बताएको छ ।

एप्पल बाहेक अर्को एक ऊर्जा कम्पनी एक्सनमोविलले पनि रुसमा लगानी तथा त्यहाँ सञ्चालन भइरहेका कामहरू बन्द गर्ने घोषणा गरेको छ ।

यसका साथै रुसमा एप्पल पे र एप्पल म्याप जस्ता सेवाहरू पनि सीमित गरिएका छन् । यस्तै गुगलले पनि रुसको सरकारी सहायता प्राप्त मिडिया आरटीलाई आफ्नो फिचरबाट हटाएको छ ।

सूचना एजेन्सी आरआईईएले दिएको जानकारीअनुसार रुसको बीटिबी बैंक जस्तो एप अब आईओएस अपरेटिङ सिस्टममा रुसी भाषामा चल्ने छैन ।

गुगलले जस्तै एप्पलले पनि युक्रेनी नागरिकको सुरक्षाका लागि ट्राफिक र लाइभ इन्सिडेन्ट बन्द गरेको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्