Logo

प्रचण्‍डसँग माओवादीमै बसिरहन गाह्रो छ – नारायणकाजी श्रेष्ठ


नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले माओवादीमा बस्न गाह्रो हुने बताएका छन्।

एमसीसी अनुमोदनपछि अध्यक्ष प्रचण्‍डसँग असन्तुष्‍ट रहेका नेता श्रेष्‍ठले नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लवसँगको भेटमा माओवादीमा बस्न गाह्रो हुने बताएका हुन् ।

विप्लव निकट नेताका अनुसार एमसीसीमा प्रचण्‍डले धोका दिएको श्रेष्ठको भनाई थियो।

उनले प्रचण्डले मात्रै नभई नेकपा एकीकृत समाजवादीका नेता माधव नेपालले पनि एमसीसीमा धोका दिएको बताएका थिए। साथै श्रेष्ठ र विप्लवबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको थियो ।

श्रेष्ठले विप्लवसँग भनेका थिए ‘एमसीसीमा नेतृत्वले धोका दियो। यसमा माओवादी नेतृत्वमात्रै होइन गठबन्धनमा आवद्ध नेकपा एकीकृत समाजवादीको नेतृत्वले पनि धोका दियो, असहमतिबीच माओवादीमा बस्न गाह्रो छ’ ।

उनका अनुसार आगामी दिनमा सहकार्य गर्नेबारे समेत नेताद्वयबीच कुराकानी भएको थियो।

नेकपा महासचिव विप्लवले क्रान्तिकारी कम्युनिष्‍टबीच धुव्रीकरण हुनुपर्ने धारणा राखेका थिए। विप्लवको प्रस्तावमा श्रेष्‍ठले सकारातमक जवाफ दिएको नेकपा ती नेताले बताए ।

गठबन्धनमा आवद्ध माओवादी र नेकपा एस एमसीसीको विपक्षमा थिए।

अन्तिममा आएर दाहाल(नेपाल एमसीसीको पक्षमा खेलेका थिए। अध्यक्षद्वय एमसीसीका पक्षमा खुलेपछि दुवै पार्टीमा असन्तुष बढेको छ।

नेता श्रेष्‍ठले एमसीसी अनुमोदन भएको दिनलाई कालो दिनको रूपमा घोषणा गरेका थिए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्