Logo

एमसीसी सम्झौता अनुमोदन प्रति माओवादी कम्युनिष्ट पार्टी, नेपालले कडा बिज्ञप्ति निकाल्यो


संसदबाट एमसीसी सम्झौता अनुमोदन प्रति माओवादी कम्युनिष्ट पार्टी, नेपालले प्रेस बिज्ञप्ति निकालेको छ । माओवादी कम्युनिष्ट पार्टी, नेपालको संरक्षक गोपाल किराती र महासचिव रामनारायण पालद्धारा हस्ताक्षर गरीएको हो ।

प्रेस बिज्ञप्तिमा भनिएको छ, ‘२०७८ फागुन १५ गते नेपालको ईतिहासमा दोश्रो सुगौली सन्धी थोपरिएको एक अन्धाकर कालो दिनदर्ज भएको छ । । त्यस दिनपछि साम्राज्यवादी इन्डो-प्यासिफिक सैन्य रणनीती एमसीसी सम्झौता संसदद्वारा अनुमोदन गरेर घोषीत गरेको दलाल पूँजीवादी कांग्रेसले नेतृत्व खुलेआम देशद्रोही गरियो । एमाले गुटको सरकारले संसदमा पुर्याएको त्यस सम्झौतालाई तथाकथित व्याख्यात्मक टिप्पणी अनुमोदन गराउने मतियार गराउने प्रचण्ड माके र माकुने यस बनेका छन् । अपार देशभक्त जनमत, बौद्धिक वर्ग र केही सांसदहरुको सशक्त आपत्ति लाई कुल्चिदै सम्झौता अनुमदन गर्ने संसद सर्वाङ ग देशद्रोही संसदमा परिणत भएको छ । ‘

त्यस्तैगरी प्रेस बिज्ञप्तिमा भनिएको छ, ‘नेटो सैनिक गुटमा सामेल हुन दबाब दिदै अमेरिकाकै कारण युक्रेनले आज विनासकारी युद्ध भोग्दै आएको छ । खम्पा काण्डको पृष्ठभूमिमा एमसीसी सम्झौता अन्ततः नेपाललाई पनि मेट्न सामेल गराउने दुष्कर युद्ध रणनीतिमा बदल्न सक्दछ । अतः कानुनी रुपले सदा स्वाधीन नेपाली जनताको सार्वभौमिकता रक्षार्थ सम्राज्यवादी अमेरिका (तथा त्यस दलालहरु) र देशभक्त नेपाली जनताबीच प्रधान अन्तर्विरोधको पार्टी बिश्लेषणले अब क्रीयाकार्यन्वयनको माग गर्दछ । विकासको साझेदारीको सवालमामा महाशक्ति उन्मुख २ छिमेकीहरूको मैत्रीपूर्ण व्यवस्थापनले नै यहाँँ पर्याप्त हुनेछ । तर, दक्षिण छिमेकी भारतलाई घुँडा टेकाउने र उत्तरी छिमेकी चीनलाई घेरा हाल्ने ध्वंस गर्ने अमेरिकी सम्राज्यवादको आतंककारी हिंसा देशभक्त नेपालीहरुले सहने छैन ।’

त्यस्तैगरी प्रेस बिज्ञप्तिमा भनिएको छ, ‘दलाल पूँजीवादी दंसद का कारण राष्ट्रिय स्वाधिनता र महान् जनयुद्धको मुख्य राजनीतिक उपलब्धी संघीयगा गणतन्रको सवाल मा एकीकृत हुन आएको विद्यमान परिस्थितिमा (एमसीसी खारेज संघर्ष गर्न जारी राख्दै ) देशभक्तपुर्ण समाजवादी गणराज्यको आन्दोलन नेपाली क्रान्तिको ठोस कार्यभार बन्न आएको प्रष्ट छ । यद्यपि, दलीय राजनीतिक स्वतन्त्र उपलब्ध रहेसम्म देशभक्त जनप्रतिरोध आन्दोलन समग्रतामा शान्तिपूर्ण स्वरुपको त्यतिकै अनिवार्य छ र हाम्रो पार्टी सर्बत्र जोड दिन्छ ।’

प्रेस बिज्ञप्तिको अन्तमा भनिएको छ, ‘ द्वन्दत्माक नियमअनुसार भयानक चुनौतीभित्र नै महान सम्भावनाहरु अन्तर्निहित हुन्छन् । राज्य बिलोपीकरणको दिशामा प्रतिबद्ध कम्युनिष्ट आन्दोलन साम्राज्यवादलाई चिहानमा गार्ने घोषित लक्ष्य राख्दछ । यसर्थमा एमसीसीको प्रावधानमा लेखिए झै युद्ध अखडा तुल्याउन आउँछ भने नेपालको देशभक्त जनप्रतिरोध कान्ति अमेरिकी साम्राज्यवाद चिहान बन्ने मात्र होइन, नेपाल र नेपालीको जिबनको एक अग्रगामी छलाङ विकसित गर्ने पनि सकिन्छ । त्यसैले देश्भक्त नेपालीको शबकोषमा निराशा लेखिनु हुँदैन भन्ने दृढताको साथ महान सम्भावनाहरु खोज्न हाम्रो पार्टी जोडदार अपील गर्दछ । अन्तमा, आफ्ना छिमेकी नेपालमा संयुक्त राज्य अमेरिकाको बलात् हस्तक्षेपविरुद्ध गम्भीर प्रतिक्रिया जनाएको गणतन्त्र चिनप्रति माओवादीको कम्युनिष्ट पार्टी, नेपाल धन्यवाद ज्ञापन गर्दछ ।’

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्