जीवनको रहस्य खोल्न ब्रिटनीले गरिन् ११२ करोडको सम्झौता

चर्चित हलिउड गायिका ब्रिटनी स्पियर्स चाँडै नै आफ्नो जीवनको ठूलो रहस्य खोल्दै छन् ।
ब्रिटनीको उक्त रहस्य खोल्न उनले ११२ करोड सम्झौता गरेकी छन् । रिर्पोटका अनुसार गायिका स्पियर्स लेखक बन्दै छिन् ।
उनी एउटा किताब लेख्दै छिन्, यसका लागि उनले शिमन एन्ड शुस्टर प्रकाशनसँग सम्झौता गरेकी छन् ।
यो सँगै ११२ करोडमा कैयौं रहस्यहरु खुल्ने पक्का भएको छ । शिमन एन्ड शुस्टरले ब्रिटनीको जिन्दगीमाथि किताब लेख्ने अधिकार पाइसकेका छन् ।
किताबमा ब्रिटनीको जीवन, रिलेशनसिपदेखि करिअर, परिवार र विवादसम्म खुलेर कुरा गरिनेछ ।
ब्रिटनीले यो किताब आफ्नो बुबाको कन्जर्भेटरसीपबाट मुक्ति पाएको तीन महिनापछि आउने भएको हो ।
उनी १३ वर्षको उमेरदेखि कानुनी रुपमा बुबाको संरक्षणमा थिइन् । एजेन्सी