Logo

एमसीसी पारित गर्ने नाममा ओलीसँग कृतिम सम्झौता नगर्नुस् – नेपाल


नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकी सहयोग परियोजना(एमसीसी) पारित गर्ने नाममा नेकपा (एमाले)का अध्यक्ष केपी ओलीसँग कृतिम सम्झौता नगर्न आग्रह गरेका छन् ।

आज बिहान बालुवाटारमा भएको भेटमा आफूले हतारमा सम्झौता नगर्न आग्रह गरेको बताए ।

“मैले प्रधानमन्त्री शेरबहादुरजीलाई भनेको छु कुनै कुरा हतार नगर्नुस् । बसेर छलफल गर्नुस् ।

केपी ओलीसँग अनुचित सम्झौता गर्ने काम नगर्नुस् । हाम्रो विरुद्धमा समर्थन पाउने नाममा काम नगर्नुस्,” उनले  भने ।

समामुखलाई बर्खास्त गर्ने, आफूहरूलाई बर्खास्त गरेपछि ओलीले एमसीसीामा सहयोग गर्ने प्रस्ताव ओलीले राखेको सूचना आइरहेको उनले बताए ।

एमसीसीमा ओलीले समर्थन पनि नगर्ने उनको दाबी छ । “केपी ओलीले एमसीसीलाई समर्थन गर्दैनन् ।

समर्थन गर्छु पनि भन्ने समर्थन नगर्ने । न भाले न पोथीको चाल,” उनले भने । यथास्थितिमा पास गर्न नहुने अध्यक्ष नेपालको भनाइ छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्