Logo

प्रदेश १ को नाम ‘शेर्पा किराँत लिम्बुवान मधेस’ राख्न माग गर्दै डेढ सय शेर्पा मुख्यमन्त्री कार्यालयमा


प्रदेश १ को नामाकरणको बहस चलिरहेको बेला शेर्पालाई समेत समेटेर शेर्पा – किरात – लिम्बुवान – मधेस नामाकारण गरिनु पर्ने माग सहित डेढ सय सख्यामा शेर्पाहरु प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा पुगेका छन् ।

बिहिवार प्रदेश १ को मुख्यमन्त्री राजेन्द्र राईको कार्यकक्षमा भेट गर्दै नेपाल शेर्पा संघ केन्द्रिय अध्यक्ष तथा शेर्पालुङ संघर्ष समिति संयोजक गेल्जे लामा शेर्पा सहित सल्लाहकार आङकाजी शेर्पा,संघीय सदस्यीय तेन्जी शेर्पा,एपि शेर्पा,प्रदेश अध्यक्ष ङावालप्टु लामा शेर्पा सहित प्रदेश १ मा रहेका जिल्ला अध्यक्ष सहितको समुहले शेर्पालाई प्रदेश नामाकरणमा जोड्नु पर्ने आधार सहित ज्ञापन बुझाएका हुन् ।

उनिहरुले शेर्पा समुदायको पहिचान आधारमा ऐतिहासिक प्रथम संविधानसमा राज्य पुनसंरचना समितिद्वरा प्रास्तावित १४ प्रदेशमा शेर्पालुङ् (शेर्पा प्रदेश) समावेश भएको तथा नेपालका पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यमा शेर्पा सोलुखुम्बुको सल्लेरीमा शेर्पालुइ् (शेर्पा प्रदेश) घोषणा भएको लगायतलाई आधार मानेका छन् ।

शेर्पाहरुले शेर्पा समुदायको ऐतिहासिक पुख्यौली थातयलोलाई प्रदेश नम्बर १ र वागमती प्रदेशमा खण्डित गरिएको र ७ प्रदेशको संरचना सम्वन्धित निकाय प्रति गम्भीर असहमति प्रकट भएको जनाएका छन् ।

उनिहरुले २०६२–०६३ को जनआन्दोलन, १० वर्षे जनयुद्ध, आदिवासी जनजाती र मधेशीहरूको आन्दोलनको क्रममा नेपाल सरकारले हस्ताक्षर गरेको सहमति र सम्झौता साथै प्रथम, दोस्रो संविधानसभा र स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरूले नेपालमा विद्यमान जातीय, लैङ्गिक, क्षेत्रीय र वर्गीय विभेद अन्त्य गरेर समता मुलक नेपाल निर्माणको प्रतिवद्धता जनाएकोले शेर्पा नाम प्रदेशको नामाकरणमा जोडिनुपर्ने बताएका छन् ।

नेपालको संविधानमा २०७२ को धारा २९४ ९२० वमोजिम प्रदेशसभाद्वरा प्रदेशहरूको नामकरण गर्दा प्रदेश नम्वर १ को भित्र शेर्पा समुदायको ऐतिहासिक पुख्यौली भूमि समेत भएकोले प्रदेश नम्बर १ को नामकरणले गर्दा शेर्पालुङ–किरात–मधेश–लिम्बुवान प्रदेश रहने व्यवस्था गरी दिनु हुन मुख्यमन्त्री सामु शेर्पाहरुले अनुरोध गरेका छन् ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री राजेन्द्र राईले आफू पहिचानको पक्षमा रहेको भन्दै पहिचानको कुरा उठाएको हुनाले नै ६२÷६३ को आन्दोलन भएको बताए । शेर्पा समुदायको भेला शेर्पाको पहिचानको कुरा गर्ने किरात समुदायको भेलामा कार्यक्रम किरातको पक्षमा कुरा गर्ने भन्दै बोली एकातिर काम अर्कोतिर गर्न नहुने कुरा मुख्यमन्त्री  राईले बताए ।
मुख्यमन्त्री राईले यहीँ फागुन १५ गतेदेखि संसद सुचारु हुने भएकाले यहि हिउँदे अधिवेशनबाट नामाकरण टुङ्गो लगाउने बताएका थिए । प्रदेश नामाकरण छलफल संयोजक तथा स्वास्थ्य मन्त्री जयराम यादवले प्रदेश १ को नाम पहिचानको आधारमा राख्ने ढोका प्रदेश नम्बर २ बाट खुलेको बताए ।

प्रदेश १ को नाम पनि पहिचानको आधारमा राख्न सके हिजोको दिनमा राखिएका अन्य प्रदेशको नाम पनि भोलिको दिनमा बाध्य भएर नाम राख्छ्न कि भन्ने कुरा प्रस्तुत गरेको बताए । सबै ज्ञापन पत्रलाई समन्वयकारी भुमिकामा प्रवेश गराउने पनि मन्त्री यादबले बताए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्