युक्रेनमा रहेका नेपालीहरूलाई तत्काल उद्धार गरियोस – उपाध्यक्ष डा. केसी
गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष डा. बद्री केसीले युक्रेनमा रहेका नेपालीहरूलाई तत्काल उद्धारको पहल गर्न नेपाल सरकारसमक्ष आग्रह गरेका छन् ।
डा. केसीले बिहीबार एक विज्ञप्ति जारी गर्दै त्यहाँ रहेका नेपालीहरूको उद्धारको पहलका लागि आग्रह गरेका हुन् ।
उनले भनेका छन्, “नेपाल सरकारले त्यहाँ रहेका नेपालीहरूको सक्दो छिटो उद्धार गर्नुपर्ने आवश्यकता छ ।
हामी सरकार तथा त्यहाँ रहेका नेपालीबीच समन्वय गरी उद्धार गर्न तयार छौँ ।”
रुस र युक्रेनबीचको द्वन्द्वका कारण त्यहाँ रहेका नेपालीहरू त्रसित छन् ।
केसीका अनुसार हालसम्म त्यहाँ रहेका सबै नेपाली सकुशल छन् ।
सैनिक अड्डाहरूमा मात्र आधुनिक क्षेप्यास्त्रले हमला गरिएकोले सर्वसाधारणको जीवनमा खासै खतरा नभएको त्यहाँको सरकारको दाबी छ ।